Comments Add Comment

लक्ष्मी ग्रुपको ४५औं वर्षगाँठः सम्पन्न भए विभिन्न सामाजिक कार्यक्रम

५ पुस, काठमाडाैं । लक्ष्मी ग्रुपले स्थापनाको ४५औं वर्ष पुगेको अवसरमा विभिन्न सामाजिक कार्य गरी वाषिर्कोत्सव मनाएको छ । बिहिबार विभिन्न समाजिक कार्यक्रममको आयोजना गरी लक्ष्मी ग्रुपले आफ्नाे ‘कर्पोरेट डे’ हर्षाेल्लासका साथ मनाएको हो ।

ग्रुपले आफनो प्रधान कार्यालय पोखरा र कर्पोरेट कार्यालय काठमाडौंमा ‘रक्तदान जिवनदान’भन्ने मूल नारा अनुरुप रक्तदान कार्यक्रमको आयोजना गरेकोमा पोखरा स्थित कार्यलयमा ११६ रा काठमाडौं स्थित कार्यालयमा ७५ गरी कूल १९१ जनाले रत्तदान गरेको ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रक्तदान कार्यक्रममा सघाएका रक्तदाता टेक्निसियन तथा सहकार्य गर्ने व्यक्तिहरुलाई प्रमाण पत्र तथा मायाको चिनो स्वरुप उपहार बितरण गरिएको जानकारी ग्रुपले दिएको छ।  लक्ष्मी ग्रुप स्थापनाको ४५ वर्ष पुगेको सन्दर्भ पारेर हुण्डाई मोटरर्सका लागि नेपालको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टले सूर्यविनायक मन्दिर र वटुक भैरव मन्दिर परिसर र वरपरका क्षेत्रमा सरसफाई कार्यक्रम समेत आयोजना गरिएको थियो ।

साथै नेपालमा भएका मष्तिस्क पक्षघातबाट पिडित बालबालिकाहरुको उत्थानमा कार्यरत एसजीसीपी नेपालका एसजीसीपी नेपाल पक्षघातबाट पिडित तथा उनका आफन्तजनको जीवनस्तर उकास्नका लागि क्रियाशिलसंस्था हो ।

यसका साथै लक्ष्मी ग्रुप का अन्य भातृ संस्थाहरु सुजल फुड्स प्रा.लि., सुजल डेरी प्रा.लि., जया प्याकेजिङ प्रा.लि., सुजल प्लाष्टिक प्रा.लि., लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. आदि कम्पनीले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको बताइएको छ ।

सुजल फुड्स प्रा.लि.ले गोकर्णस्थित जोइन्ट डिसेबल युनिटी आवाज सेन्टर र सिफलस्थित चाइल्ड प्रोटेक्सन होमका बालबालिकाहरुलाई विभिन्न कन्फेक्सनरी उत्पादनहरु वितरण गरेको विज्ञप्तिमा उल्लेख छ ।

ग्रुपका अनुसार सुजल डेरी प्रा.लि.द्वारा किर्तिपुरको भत्केपाटीस्थित बेवी लाईफ होम (अनाथलय) का बालबालिकाहरुको लागि भोजन कार्यक्रमको आयोजना गरी विभिन्न उपहारहरु पनि प्रदान गरिएको थियो ।
लक्ष्मी ग्रुपले आफ्नाे विगत ४५ वर्ष जस्तै आगामी वर्षहरुमा पनि आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment