Comments Add Comment

बसन्तपुरमा योमरी पुन्हीको रौनक, हेर्नुस् ११ तस्वीर

७ पुस, काठमाडौं । नेवार समुदायले ज्यापु दिवस तथा योमरी पूर्णिमा विशेष उल्लासका साथ मनाएका छन् ।

शुनिबार बसन्तपुर दरबार क्षेत्रमा बेग्लै रौनक थियो । नेवार समुदायहरु परम्परागत भेषभुषामा सजिएका थिए । युवा, युवती, बृद्धबृद्धा, बालबालिकाहरुको हुल अगाडि चामलको पिठो, खुवा र चाकुले बनेको यःमरी निलो ट्रकमा लोड गरिएको थियो ।

अघि-अघि ट्रक र त्यसको पछि-पछि बाजागाजासहित नेवार समुदायका व्यक्तिहरु नगर क्षेत्र परीक्रमा गर्न खोज्दै थिए ।

ज्यापु संस्कृति विकास कोष र अशोक विनायक गुठीले शुक्रबार काठमाडौंको बसन्तपुर क्षेत्रमा नेवार समुदायको साँस्कृतिक पहिचान झल्किने गरी र्‍याली निकालेका हुन् ।

बसन्तपुरबाट निकालिएको र्‍याली विभिन्न स्थानको परिक्रमापछि पुनः बसन्तपुर नै पुगेर टुंगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment