Comments Add Comment

निर्मलाको हत्यारा पत्ता लगाउन विद्यार्थीले गुहारे संयुक्त राष्ट्र संघ

९ पुस, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाइदिन भन्दै विद्यार्थीहरुले संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले १५० दिन पुगिसक्दा पनि सरकारले हत्यारा पत्ता नलगाएको भन्दै हस्ताक्षर संकलन गरी सोमबार पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा बुझाएका छन् ।

यसअघि उनीहरुले माइतीघर मण्डलामा जम्मा भएर निर्मला पन्तको न्यायको निम्ति आवाज बुलन्द गरिदिन आहृवान गर्दै  हस्तक्षार अभियान संकलन गरेका थिए ।

निर्मला पन्तलाई न्याय दिन अन्तर्राष्ट्रिय समुदायलाई पहल गरिदिन आग्रह गर्दै हस्ताक्षर संयुक्त राष्ट्र संघमा बुझाएको विद्यार्थीहरुले बताएका छन् ।

‘निर्मलाको न्यायको निम्ति अभियान’मा सहभागी त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले बलात्कारलगायतका महिलाहिंसा हुन नदिन सबैलाई सचेत रहन पनि आहृवान गरेका छन् ।

गत साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएका बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने कामका सरकार असफल भएपछि विद्यार्थीहरुले एकसातादेखि हस्ताक्षर संकलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment