Comments Add Comment

‘हावा सरर’ भन्दै गाडी कुदाउँदै दयाहाङ

नायक दयाहाङ राई ‘ड्राइभर दाई’ बनेका छन् । उनले अभिनय गरेको नयाँ चलचित्र ‘आप्पा’को सार्वजनिक ‘हावा सरर’ बोलको गीतमा उनी गाडी कुँदाइरहेका छन् । थुप्देन भुटिया र स्निहाश्री थापाको स्वर रहेको गीतमा अनमोल गुरुङको संगीत छ भने उमेश उपमाको शब्द छ ।

योज्ना प्रधानले कोरियोग्राफी गरेको भिडियोमा नेपाल र भारतको बोर्डर क्षेत्र सान्दख्फुको दृश्य देख्न सकिन्छ । अनमोल गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक राई बाबुको भूमिकामा देखिएका छन् । यो चलचित्रलाई रुदेनसदा लेप्चाले निर्माण गरेका हुन् । चलचित्र आउँदो बर्षको जेठमा रिलिज हुनेछ ।

यो चलचित्रमा तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, एलोना कावो लोप्चाको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment