+
+
Shares

नमूना खुल्ला भलिबलको उपाधि ब्रेभ गोर्खालाई

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ९ गते १८:२१

९ पुस, बुटवल । रुपन्देहीको तिलोत्तमा सेमरामा आयोजना गरिएको छैठौं नमूना खुल्ला भलिवलको उपाधि ब्रेभ गोर्खा क्लबले हात पारेको छ ।

नमूना युवा क्लवको आयोजनामा तिलोत्तमा नगरपालिका-७ सेमराबजारमा सोमबार भएको फाइनलमा माली ब्रदर्श सेमरामाथि ३-२ को रोमाञ्चत जित निकाल्दै ब्रेभ गोर्खाले उपाधि कब्जा गरेको हो ।

उपाधिसंगै ब्रेभले नगद ५१ हजार, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेतामा चित्त बुझाएको माली ब्रदर्श नगद २५ हजार, कप, मेडल तथा प्रमाणपत्र तथा मणिमुकुन्द भलिबल क्लब तृतीय हुँदै नगद ११ हजार, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

प्रतियोगितामा ब्रेभका दिपेन्द्र श्रेष्ठ उत्कृष्ट खेलाडी, प्रबिन सारुमगर उत्कृष्ट सटर र ओम परियार उत्कृष्ट डिफेन्सबाट पुरस्कृत भएको क्लवका अध्यक्ष बलिराम मालीले बताए ।

प्रतियोगितामा प्रतिनिधिसभा सदस्य छबिलाल बिश्वकर्मा, क्लवका अध्यक्ष बलिराम माली, खेल संयोजक तथा उपाध्यक्ष दिलबहादुर रानाले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

पुस ५ देखि शुरु भएको प्रतियोगितामा २० टिमले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?