Comments Add Comment

डिसहोमको दावीः पे टीभी इण्डष्ट्रिमा बढी कर बुझाउने कम्पनी हामी हौं

९ पुस, काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिस मिडिया नेटवर्क -डिसहोम डिटिएच)ले पे टीभी इण्डष्ट्रिमा आफू सवैभन्दा बढी कर बुझाउने कम्पनी भएको दावी गरेको छ ।

सन् २००९ मा नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयबाट संचालन अनुमति प्राप्त गरि २०१० देखी ब्यापारिक रुपमा विक्री वितरण शुरु गरेको डिसहोमले सहर तथा ग्रामिण भेगमा समेत डिटिएचमार्फत टेलिभिजन सेवा प्रदान गर्दै आएको छ ।

एचडी तथा एसडी च्यानल प्याकेजहरु प्रदान गरिरहेको डिशहोमले आफ्नो स्याटेलाइट सिग्नल नेपालको जुनसुकै स्थानमा पनि प्राप्त गर्न बताउँछ ।

संस्था संचालनमा आएको ९ बर्षको अवधिमा कम्पनीले विभिन्न शिर्षकमा ४ अर्ब १० करोड ९१ लाख २ हजार २ सय १३ रुपैयाँ कर सरकारलाई बुझाएको जनाएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कम्पनीले आफ्नो ब्यवसायीक सफलताको मुख्य आधार पारदर्शी र स्वचालीत -अटोमेटिक) संचालन पद्धती भएको दावी गरेको छ ।
व्यवसायिकता, पारदर्शिता तथा ग्राहक सेवाका लागि विश्वस्तरीय प्रविधिहरुको प्रयोगमा ६ वटा सˆटवेयरले महत्वपुर्ण भूमिका खेलेको कम्पनी बताउँछ ।
नेपाललाई डिजिटल युगमा प्रवेश गराउने र नेपाल सरकारको डिजिटलाईजेशन नीतिलाई समेत पुर्णरुपमा सफल बनाउन सहयोग पुर्‍याउने उद्देश्य रहेको कम्पनीको भनाइ छ ।

हाल टीभी हेरिने घरहरुमध्ये २५ प्रतिशत -अनुमानित) बजार हिस्सा डिसहोमले ओगटेको कम्पनीको दावी छ । हाल सम्म डिशहोमले १५ लाख सेट-टप बक्स बिक्रि गरिसकेकोमा, पि्रपेड भुक्तानी प्रकियामा हाम्रो सेवा हुने भएकोले यो सक्रिय ग्राहक संख्या घटबढ भइरहने कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment