१० पुस, काठमाडौं । कर्मचारी समायोजन अध्यादेश संसद सचिवालयमा दर्ता भएको छ । बुधबारबाट सुरु हुने संसद बैठकमा यसबारे छलफल हुने छ ।
सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सुरेश अधिकारीले अब अध्यादेश संशोधन नहुने बताए । ‘अध्यादेश संशोधन हुने व्यवस्था नै छैन,’ अधिकारीले भने, ‘अहिले जे छ, त्यहीअनुसार नै कर्मचारी समायोजन हुन्छ ।’
अध्यादेशका कतिपय प्रावधानमा केही कर्मचारीहरुले असन्तुष्टि जनाउँदै आन्दोलन नै घोषणा गरेका छन् । उनीहरुले आफूहरुको वृित्तविकासमा बाधा पुग्ने व्यवस्था अध्यादेशमा राखिएको बताउँदै प्रतिस्थापन ऐन ल्याउनुपर्ने माग गरेका छन् ।
यसैबीच बुधबारबाट सुरु हुने हिउँदे अधिवेशनको कार्यसूची तय गर्नका लागि मंगलबार दिउँसो कार्यव्यवस्था समितिको बैठक बस्दैछ । बैठक दिउँसो एक बजे बस्न लागेको हो ।
बुधबारको संसद बैठकमा सुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त बैठक आह्वान सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।
त्यसपछि कर्मचारी समायोजन अध्यादेश र प्रशासकीय अदालत सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा छलफल गर्ने कार्यसूची छ । प्रशासकीय अदालत सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक राष्ट्रियसभाबाट पारित भइसकेको छ ।
प्रतिक्रिया 4