Comments Add Comment

ट्रकले अटोलाई ठक्कर दिँदा महिलाको मृत्यु, विरोधमा सडक बन्द

११ पुस, वीरगञ्ज । वीरगञ्ज पोखरीया सडक–खण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु गएको छ ।

एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा पोखरीया नगरपालिका ७ रानीगञ्जकी अन्दाजी ३० वर्षकी सविना खातुनको मृत्यु भएको हो । उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा साविकको सुगौली गाविस ६ बस्ने ३० बर्षिय झक्सी दुसाद गम्भीर घाइते भएका छन् । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

विन्ध्यवासिनी गाउँपालिका ५ बहुअर्वाभाठा स्थित ढंगही खोलामा बुधबार विहान पोखरीयाबाट वीरगञ्ज आउँदै गरेको ना ६ ख ७२८२ नम्बरको ट्रकले पोखरीया तर्फ जाँदै ना २ ह ३४६३ नम्बरको अटोलाई ठक्कर दिएको थियो । ठक्करपछि अटोबाट खसेकी महिलालाई ट्रकले किचेको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनापछि ट्रक चालक फरार छन् । चालकलाई पक्राउ गरी कारबाहीको माग राख्दै स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन् । उनीहरुले बिहान पौने ८ बजे दुर्घटना भएपछि स्थानीयले प्रदर्शन शुरु गरेका हुन् ।

उनीहरुले बिहानैदेखि वीरगञ्ज पोखरीया सडक खण्ड अवरुद्ध पारेका छन् । प्रदर्शनकारीलाई सम्झाएर सडकखण्ड सञ्चालन गर्ने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मछिन्द्र केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment