Comments Add Comment

वीरगञ्ज महानगरलाई छाडा पशु चौपायबाट १६ हजार आम्दानी

१ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले छाडा पशु चौपायाबाट १६ हजार रुपैयाँ आम्दानी गरेको छ ।

नगरवासीले सडकमा छाडा छोडेका पशु चौपायालाई व्यवस्थित वीरगञ्ज अभियानको पहलमा नियन्त्रणमा लिएर सम्बन्धित पशुधनीलाई कारबाही गरेर महानगरपालिकाले १६ हजार संकलन गरेको हो ।

छाडा पशु चौपाया नियन्त्रणमा लिएर राख्न वीरगञ्ज महानगरपालिकामा काञ्जी हाउससमेत छैन ।

वीरगञ्जको आदर्शनगरमा निर्माण गरिएको अस्थायी काञ्जी हाउस पनि गायत्री अश्वमेध महायज्ञमा प्रयोग गरेपछि छाडा पशु चौपाया नियन्त्रण अभियान रोकिएको थियो ।

फागुनको अन्तिमसातादेखि पुनः छाडा चौपाया अभियान शुरु गरेकोमा २० वटाभन्दा बढी छाडा चौपाया नियन्त्रणमा लिएको थियो । जसमध्ये ८ वटा पशु चौपायाका धनीलाई कारबाही गरेर १६ हजार रुपैयाँ जरीवाना संकलन भएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

वीरगञ्ज बजारबाट शुक्रबार मात्रै १३ वटा पशु चौपाया नियन्त्रणमा लिईएको छ । वीरगञ्ज महनगरपालिकाका नगर प्रहरीको सक्रियतामा बिहानैदेखि छाडा पशुचौपाया नियन्त्रणमा लिने काम भईरहेको छ ।

उनीहरुलाई व्यवस्थित वीरगञ्ज अभियान, नेपाल प्रहरी, ट्राफिक प्रहरीले आवश्यक सहयोग गरिरहेका छन् ।

शुक्रबार बिहान ४ वटा र दिउँसो ९ वटा गरी १३ वटा पशु चौपाया नियन्त्रणमा लिएर अस्थायी काञ्जी हाउस आदर्शनगरमा राखिएको व्यवस्थित वीरगञ्ज अभियानका सह संयोजक प्रकाश खेतानले जानकारी दिए । यससँगै अस्थायी काञ्जी हाउसमा १९ वटा पशु चौपाया छन् । यसअघि नियन्त्रणमा लिईएका पशु चौपायासमेत धनीले आएर नलगेका कारण काञ्जी हाउसमै छन् ।

यसअघि राति मात्रै पशु चौपाया नियन्त्रणमा लिने गरेकोमा दिनभरी सडकमा चौपाया देखिन थालेपछि बिहान र दिउँसो पनि नियन्त्रणमा लिन थालिएको संयोजक दिलिपराज कार्कीले जानकारी दिए ।

वीरगञ्जमा बिहानदेखि साँझसम्म ठूलो सख्यामा छाडा चौपाया खुल्ला छोडने गरिएको छ । जसका कारण महानगरको मुख्य सडकमा समेत ट्राफिक व्यवस्थापनमा समस्या हुनुको साथै दुर्घटना समेत हुने गरेको छ ।

पशु चौपाया धनीले दुध दिने समयसम्म पाल्ने तर दूध दिन छोडेपछि चौपायालाई खुला छोडिदिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment