Comments Add Comment

सेल पे सेवाले पायाे राष्ट्र बैंकबाट अनुमति

११ पुस, काठमाडाैं ।  भुक्तानी सेवा प्रदायक सेलकम प्रालीले सञ्चालनमा ल्याउन लागेको सेल पे सेवाले नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ । सेवाले मंगलबार राष्ट्रबैंकबाट सञ्चालनको अनुमति प्राप्त गरेको हो ।

सेल पे सेवा मोबाइल तथा वेब एप्लिकेशनको माध्यमबाट आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ र सेलपे सेवा अन्तर्राष्ट्रिय स्तरको पिसिआइ र डिएसएस सुरक्षा प्रणाली अनुपालन गरी विकसित गरिएको कम्पनीले बताएको छ ।

विभिन्न दुरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, पसल, रेष्टुरेण्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर लगायतका सेवा प्रदान गर्ने उद्देश्यले ‘सेल पे’ सेवाको सुरुवात गर्न लागिएको कम्पनीले जनाएको छ ।

यो सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा मितव्ययी सेवा भएको र यसमार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन हुने पनि कम्पनीले जनाएको छ ।

ग्राहकले कुनै पनि भुक्तानीका लागि अनुरोध सम्प्रेषण गरेलगत्तै निजको बैंकको खातामा संचित रकमबाट निर्देष भए बमोजिमको रकम कट्टी भई जसलाई भुक्तानी गरिनु पर्ने हो निजको बैंक खातामा उक्त रकम जम्मा हुनेछ । यसरी कुनै वालेट विना नै विभिन्न भुक्तानीहरु गर्न सकिनु सेलपे सेवाको मुख्य विशेषता हो ।

यस सेवामार्फत हुने सम्पूर्ण कारोबार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन्। सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment