Comments Add Comment

मेलम्चीका ठेकेदारको धरौटी रोक्का हुने

१२ पुस, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका मुख्य ठेकेदार इटालियन कम्पनी कोपराटिभा एण्ड सेमेन्टिस्टी सिएमसीडी रभिनाको धरौटी रोक्का हुने भएको छ । सीएमसीको धरौटी रोक्का गर्न उच्च अदालत पाटनले सरकारलाई बाटो खोलिदिएको हो ।

मेलम्ची आयोजनाको काम बीचैमा छाडेर हिँडेपछि सरकारले ठेकेदार कम्पनीको धरौटी रकम करिब ३ अर्ब रोक्का गर्न सरकारले नेपाल इन्भेस्टमेन्ट बैंक र स्टान्डर्ड चार्टर्ड बैंकलाई पत्राचार गरेको थियो । सरकारी निर्णयको विरुद्धमा ठेकेदार कम्पनी सिएमसी अदालतमा गएको थियो ।

सुरुमा उच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाले धरौटी रकम रोक्का नगर्न अन्तरिम आदेश जारी गर्दै दुबै पक्षलाई छलफलमा आउन आदेश दिएका थिए । बिहीबार दुबै पक्षसँगको छलफलपछि न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र कृष्णबहादुर थापाको इजलाशले सिएमसीको माग बमोजिम अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने नदेखिएको आदेश दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment