+
+
Shares

दीपक मनाङेले सपथ गराउन माग गर्दै प्रदेशसभामा दिए निवेदन

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १३ गते ४:००

१२ पुस, काठमाडौं । गुण्डानाइके दीपक मनाङेले आफूलाई प्रदेशसभा सदस्यको रुपमा सपथ गराउन माग गर्दै गण्डकी प्रदेशसभामा निवेदन दिएका छन् ।

मनाङबाट प्रदेशसभामा निर्वाचित उनले आफूलाई प्रदेशसभा सदस्यको रुपमा सपथ गराउन माग गर्दै निवेदन दिएका हुन् । गण्डकी प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले मनाङेको निवेदन आएको पुष्टि गरे ।

‘उहाँको निवेदन बोकेर एक जना आउनुभएको थियो, निवेदन दर्ता भएको छ’ उनले भने, ‘अब यसमा छलफल गरेर अगाडि बढ्छौं ।’

ज्यानसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहरिएका मनाङे सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरी धरौटी बुझाएपछि रिहा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?