Comments Add Comment

बडीगाड नदीमा र्‍याफ्टिङको परीक्षण सफल

१३ पुस, गुल्मी । मुसीकोट नगरपालिकाले बडिगाड खोलामा र्‍याफ्टिङको परीक्षण गरेको छ । त्रिशुली नदीमा जलयात्रा गराइरहेको ७ सदस्यीय विज्ञ टोलीको उपस्थितिमा बडिगाड नदीमा जलयात्रा र्‍याफ्टिङको परीक्षण गरीएको हो ।

बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिकाको भिमगिठेदेखी मुसीकोट नगरपालिका गुल्मीको भुवाचिदीसम्मको जलयात्रा परीक्षण भएको थियो । बडीगाड नदीमा जलयात्राको प्रशस्त सम्भावना देखिएको जलयात्राको टोलीले निश्कर्ष निकालेको छ ।

नदीमा रहेका ठुला ढुंगाहरु मिलाउने र पानीको वहाव केही ब्यवस्थित गर्न सकेमा जलयात्राको माध्यमबाट प्रशस्त पर्यटक भित्र्याउन सकिने नगरप्रमुख सोमनाथ सापकोटाले बताए । आगामी बर्ष केही रकम लगानी गरेर बडीगाड नदिमा र्‍याफ्टिङ सञ्चालन गर्ने बिषयमा तयारी गरीने सापकोटाले बताए ।

नगरपालिकाले चालु आथिक बर्षको नीति तथा कार्यक्रममा बडीगाड नदीमा र्‍याफ्टिङ चलाउने भनी बजेट समेत विनियोजन गरेको थियो । बडीगाड नदी ¥याफ्टिङको माध्यमबाट पर्यटन प्रर्वद्धन गरी प्रशस्त आम्दानी गर्न सकिने भन्दै परीक्षण गरिएको सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment