+
+
Shares

यसवर्षदेखि कठ्यांग्रिएर कसैले मर्नुपर्दैन : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १३ गते १५:४५

१३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षदेखि जाडोले कठ्यांग्रिएर कसैको मृत्यु नहुने दावी गरेका छन् ।

शुक्रबार काठमाडौंमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) को तेस्रो श्रम संसदको उद्घाटन गर्दै उनले शीतलहरबाट तराईका गरीबलाई जोगाउन तयारी भइसकेको बताएका हुन् ।

‘शीतलहरबाट जोगाउनका लागि सुरक्षा निकाय, स्थानीय तह प्रशासन, निजी क्षेत्र सबैसँग समन्वय गरिएको छ’ उनले भने ‘यस बर्षदेखि जाडोले कठ्यांग्रिएर कसैले मर्नुपर्दैन ।’

प्रधानमन्त्री ओलीले नेपालमा अब कोही गरीब नरहने पनि जिकिर गरेका छन् । हालै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले धेरै श्रमिकहरुलाई गरिबीबाट मुक्त गर्ने उनको दावी छ ।

‘हामीले मजदुरको मात्र होइन उद्योगीहरुको पनि हित हुने गरी कार्यक्रम ल्याएका छौं’ प्रधानमन्त्री ओलीले भने ‘मजदुर र मालिक दुवै पक्षलाई सहमत गराएर ल्याएको सामाजिक सुरक्षा कार्यक्रम धेरैका लागि नौलो विषय हो ।’

प्रधानमन्त्री ओलीले सरकारले धनीलाई थप धनी हुनबाट नरोकी गरीबलाई धनी बनाउने बताए । ‘सामाजिक समानताका आधारमा गरीबलाई पनि खान लाउन र दैनिक जीवन सहजले धान्न पुग्ने गरी कार्यक्रमहरु ल्याउछौं’ उनले भने ‘सामाजिक विभेद हटाउन धेरै समय नलागे पनि सामाजिक समानताका लागि अलिकति समय लाग्छ । तर हामी त्यो अवस्थामा पुग्छौं ।’

आफूले आधा शताब्दीभन्दा बढि लोकतन्त्रका लागि योगदान गरेको भन्दै उनले अधिनायकवाद ल्याउँछ भनेर आतंकित नपार्न आग्रह गरे । ‘सरकारले अधिनायकवाद ल्याउँछ भनेर जनतालाई आंतकित पार्नु र बालबालिकालाई भूत आयो भनेर तर्साउनु उस्तै हो’ उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?