Comments Add Comment

‘रणवीर’को गीतको सेटसँग मिलेपछि ‘यात्रा’ निर्मातालाई तनाव

चलचित्र ‘यात्रा’ यो बर्षकै प्रतिक्षित चलचित्र हो । चलचित्रमा नायक सलिनमान बनियाँ भएकाले पनि यसको चर्चा अझ बढ्ने नै भयो । चैत्र २९ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । यो चलचित्रमा पुरानो चलचित्र ‘आफ्नो मान्छे’मा समावेश ‘चट्ट रुमाल क्या मालुम’ बोलको गीत समावेश गरिएको छ । हेटौडामा भव्य सेट लगाएर गीतको छायांकन गरिएको थियो ।

तर, यतिबेला भने यो चलचित्रका निर्माता केशव भट्टराइमा केहि तनाव बढेको छ । उनको तनाव त्यतीबेला बढ्यो, जतिबेला चलचित्र ‘रणवीर’मा समावेश ‘तिरिमिरी तिरिमिरी तिनतारा’ बोलको गीत सार्वजनिक भयो ।

यो गीतको छायांकन पनि भव्य सेट लगाएर गरिएको छ । तर, चलचित्र ‘यात्रा’को गीतको लागि सेट तयार पारेका कला निर्देशकले नै ‘रणवीर’को गीतको सेट तयार पारेका थिए । उनले, दुबै गीतका लागि उस्तै सेट तयार पारिदिएछन् ।

जब, ‘रणवीर’को गीत सार्वजनिक भयो त्यसपछि भने निर्माता केशव भट्टराई झस्किए । अनलाइनखबरसँगको एक भेटमा उनले भने–‘सेट एउटै जस्तो बनेछ । हामीलाई यो कुरा थाहा नै भएन । के गर्ने गर्ने, गाह्रो पर्यो ।’ यसको निर्माणपक्षले केहि दिनमा टाइटल गीत सार्वजनिक गर्ने तयारी गरेको छ ।

हुनत, ‘चट्ट रुमाल क्या मालुम’ बोलको गीत सार्वजनिक गर्दा फाइदा हुन्छ । तर, ‘रणवीर’को गीत सार्वजनिक भएको केहि दिन मात्र भएकाले ‘यात्रा’ निर्माताले हिट हुने आँकलन गरिएको ‘चट्ट रुमाल क्या मालुम’ बोलको गीत केहि पछि सार्वजनिक गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment