Comments Add Comment

कमेडी फिल्म निर्देशन गर्दै शंकर वीसी, के ‘माग्ने बुढा’ बन्लान् त हिरो ?

म्युजिक भिडियो निर्देशन गर्दै चलचित्र निर्देशनमा पाइला चाल्ने निर्देशक धेरै छन् । तर ती मध्ये कमैले मात्र सफलता पाउन सकेका छन् । धेरै म्युजिक भिडियो निर्देशक चलचित्र निर्देशक बन्दा चिप्लिएका छन् । यहि विचमा, म्युजिक भिडियो निर्देशनमा राम्रो सफलता हासिल गरेका मोडल तथा निर्देशक शंकर वीसी पनि चलचित्र निर्देशन गर्न तम्सिएका छन् । चलचित्रको लागि पटकथा पनि उनैले तयार पारेका छन् ।

कमेडी कथामा निर्माण हुने चलचित्रको मुख्य भूमिकामा हाँस्य कलाकार केदार घिमिरे ’माग्ने बुढा’लाई प्रस्ताव गरिएको छ । निर्देशक वीसीले अनलाइनखबरसँग भने–’चलचित्रको लागि उहाँसँग कुरा गरेको हो तर, कागजी संझौता भने भैसकेको छैन ।’ वीसीका अनुसार घिमिरेले पटकथा रूचाएका छन् ।

शंकर आफूले २४ वर्ष म्युजिक भिडियोमा काम गरेको अनुभवले पनि चलचित्र निर्देशन गर्ने आट गरेको बताए । उनले भने–’२४ वर्ष भन्दा लामो समय म्यूजिक भिडियोमा बिताएको छु । अब त आफूलाई पनि स्तरोन्नती पनि त गर्नु पर्यो नि हैन ।’ वीसीले चलचित्रको नाम भने खुलाउन चाहेनन् । ’कलाकारहरु फाइनल भएपछि कार्यक्रम नै गरेर चलचित्रको नाम सार्वजनिक गर्नेछौं’, विसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment