+

मनाङ र हिमालयन शेर्पाबीचको खेल तालिका परिवर्तन

२०७५ पुष  १५ गते १४:४५ २०७५ पुष १५ गते १४:४५
मनाङ र हिमालयन शेर्पाबीचको खेल तालिका परिवर्तन

१५ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत १२ औं राउण्डमा हुने मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीचको खेल मिति परिवर्तन भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रेस विज्ञप्ति निकाल्दै मनाङ र हिमालयन शेर्पा क्लबबीचको खेलको मिति परिवर्तन भएको जानकारी दिएको हो ।  १२ औं राउण्डको पहिलो खेलमा मनाङले हिमालयन शेर्पासँग पुस १८ गते प्रतिस्पर्धा गर्ने छ ।

यसअघि सार्वजनिक भएको खेल तालिकामा मनाङले हिमालयन शेर्पासँग ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा यही पुस १७ गते मंगलबार बिहान ११ बजे प्रतिस्पर्धा गर्ने थियो । तर परिवर्तित तालिकाअनुसार अब मनाङले बुधबार २ बजेर ३० मिनेटमा हिमालयन शेर्पासँग हलचोकस्थित एपीएफको खेल मैदानमा प्रतिस्पर्धा गर्ने छ ।

लिग लिडर मनाङले यसअघि नै ११ औं राउण्डको खेलसम्ममा नै शतप्रतिशत जित हात पार्दै ए डिभिजन लिगको उपाधि जितिसकेको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय