Comments Add Comment

१२ बुँदे घोषणापत्र जारी गर्दै सकियो एनआरएनए अफ्रिकाको तेस्रो क्षेत्रीय सम्मेलन

अमेरिका/ युगाण्डाको राजधानी कम्पालामा बसेको गैरआवासीय नेपाली संघ अफ्रिकाको तेस्रो क्षेत्रीय बैठक सकिएको छ । यही पुस पुस १४ र १५ गते दुई दिनसम्म सञ्चालन भएको बैठक १२ बुँदे कम्पाला घोषणा जारी गर्दै सकिएको हो ।

बैठकले जारी गरेको घोषणापत्रमा नेपालको पर्यटन, पूर्बाधार लगायतका क्षेत्रको विकासमा अफ्रिकी मुलुकको अनुभवबाट सिक्न सकिने भएकोले नेपाल र अफ्रिकाबीचको सहकार्यका लागि पहल गरिदिन नेपाल सरकार र एनआरएनए अन्तर्राष्टिय समन्वय परिषद्लाई यो बैठक आग्रह गरेको छ ।

साथै नेपालबाट अफ्रिकी मुलुक हुँदै अबैधानिक रुपमा युरोप र अमेरिकामा छिर्ने लोभले मानव बेचबिखनको समस्या बढेको तर्फ ध्यानाकर्षण गराएको छ । युरोप र अमेरिका जाने प्रलोभनमा अफ्रिकी मुलुकमा आएका त्यस्ता नेपालीले अनेक दुःखकष्ट भोग्नु परेको भन्दै बैठकले यो क्रम तत्काल रोक्नका लागि कडाइ गर्दै सचेतना कार्यक्रम संचालन गर्न नेपाल सरकारलाई  आग्रह  गरेको छ ।

बैठकमा अफ्रिका क्षेत्रका एक दर्जनभन्दा बढी मुलुकमा कार्यरत १५० जनाभन्दा बढी नेपालीको सहभागिता रहेको थियो । बैठकलाई उच्च प्राथमिकता दिदैं उद्घाटन सत्रमा इजिप्टस्थित नेपाली राजदूत झबिन्द्र अर्याल तथा युगाण्डा सरकारका सम्माननीय राष्टपतिका प्रतिनिधि युगाण्डा रेसिडेण्ट डिस्टिक्ट कमिस्नार श्रीमति हाइट हावा नामुजेनीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पाला नगर प्राधिकरण सम्बन्धी मन्त्री बेटी काम्या नामिसाग्यो र युगाण्डा सरकारका पर्यटन राज्यमन्त्री किवाण्डा गोडीफ्रे स्सुवीलगायत युगाण्डा सरकारका बिभिन्न निकाय तथा संघसंस्थाका प्रतिनिधिहरुले प्रस्तुति राखेका थिए ।

कम्पाला घोषणा पत्रको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment