+
+
Shares

चकलेट दिन्छु भन्दै ५ बर्षीया बालिका बलात्कार

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १६ गते १५:१७

१६ पुस, वीरगञ्ज । पर्साको पकहामैनपुर गाउँपालिका १ मा धोरेमा ५ बर्षकी बालिकामाथि बलात्कार भएको छ । छिमेकी अन्दाजी २० बर्षका देवकुमार पटेलले बालिकाको बलात्कार गरेको आरोप लागेको छ । उनी फरार छन् ।

आइतबार अपरान्ह बालिका साथीसँगै खेलिरहेको अवस्थामा चकलेट दिन्छु भन्दै फकाएर पटेलले कोठामा लगेर बलात्कार गरेको स्थानीयले बताएका छन् । बालिका चिच्याएपछि अरुले थाहा पाएका थिए ।

पर्साका प्रहरी प्रमुख रेवती ढकालले बालिकालाई छिमेकीले बलात्कार गरेको भनी उजुरी परेकोले उनको खोजी भइरहेको बताए ।

‘घटना पछि बालिकालाई नारायणी उपक्षेत्रिय अस्पतालमा ल्याएर स्वास्थ्य परीक्षणसँगै उपचार गराइएको छ’ उनले भने ‘बालिकाको बलात्कार भएको उजुरी परेको छ । आरोपी फरार छन् । खोजी भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?