Comments Add Comment

‘गोपी’को ‘तेरो आफ्नो’ सार्वजनिक

माघ १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’मा समावेश दोश्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘तेरो आफ्नो’ बोलको गीतमा शिव परियारको स्वर, विप्लव प्रतिकको शब्द र कल्याण सिंहको संगीत छ ।
आरोही इन्टरटेनमेन्ट प्रालिका लागि आरोही केसीले निर्माण गरेको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

चलचित्रले स्वावलम्बनको विषय उठान गरेकाले यो गीतलाई ‘थिम सङ’का रुपमा प्रयोग गरिएको निर्देशक लामाले बताएका छन् । यो गीतका गायक शिव परियारले बजारमा भाइरल नै नभएपनि गीत निकै राम्रो रहेको बताएका छन् । यो गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्कीलाई गाइ फार्ममा परिश्रमिक गरिरहेको देखाइएको छ ।

सामीप्यराज तिमल्सिनाको पटकथा, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको यो चलचित्रमा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, रमेश अधिकारी, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याल, कुन्ती सिमाली, हिउँबाला गौतमलगायतका कलाकारको मुख्य भूमिका छ ।

श्रीधर पौडेल कार्यकारी निर्माता रहेको यो चलचित्रले विदेश जानुभन्दा स्वेदशमै केही गर्न प्रेरणा दिने विश्वास निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment