+
+
Shares

बंगलादेशी क्रिकेट कप्तान बने सांसद

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १६ गते १६:०१

१६ पुस, काठमाडौं । बंगलादेशी क्रिकेट टिमका कप्तान मसरफ बिन मोर्तजा सांसद बनेका छन् । आइतबार भएको आम चुनावमा उनी शेख हसिनाको अवामी लिग दलबाट सांसद चुनिएका हुन् ।

मोर्तजाले आफ्नो नजिकका प्रतिस्पर्धीभन्दा २ लाख ६६ हजार बढी मत प्राप्त गरेर सांसद चुनिएका हुन् । उनले २ लाख ७४ हजार ४ सय १८ मत पाए ।

२०१९ को क्रिकेट विश्वकपपछि सन्यास लिने बताएका मोर्तजाले चुनावअघि क्रिकेट विकासका लागि काम गर्नुका साथै राजनीतिमा ध्यान दिने बताएका थिए ।

पछिल्लो समय चोटले समस्यामा परेपछि उनले एकदिवसीय खेल मात्रै खेलिरहेका छन् । ३६ टेस्ट खेलेका उनले अन्तिम टेस्ट २००९ मा खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?