Comments Add Comment

रोकिएन सेयर बजारमा गिरावट, २ दिनमा २७ अंकले ओरालो

१६ पुस, काठमाडौं । अघिल्लो साता सुधार देखिएको सेयर बजार यो साता भने शुरुवाती देखि नै ओरालो लाग्न शुरु गरेको हो । साताको पहिलो र दोस्रो दिन गरेर सेयर बजारमा २७ अंकको गिरावट आएको छ ।

सोमबार सेयर बजारमा १७ दशमलव २६ अंकले गिरावट आएर नेप्से परिसूचक १ हजार १ सय ८७ दशमलव २८ मा झरेको छ । यस अघि साताको पहिलो कारोबार आइतबार १० अंक भन्दा बढीले बजार ओरालो लागेको थियो ।

नेप्से परिसूचकसँगै सोमबार कारोबार रकममा समेत गिरावट आएको छ । दिनभर भएका १ सय ६७ कम्पनीको ५ हजार २ सय ५८ कारोबारबाट ११ लाख ७९ हजार ४३ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ४० करोड ३ लाख १२ हजार ३ सय ८५ रुपैयाँ पुगेको नेपाल सटक एक्सचेञ्जले जनाएको छ । कारोबार रकम आइतबारको तुलनमा ५ करोड रुपैयाँले कमी हो । आइतबार ४५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment