Comments Add Comment

चाबहिलमा खुल्यो क्वालिटी सुट हाउस

१६ पुस, काठमाडौं । काठमाडौंको चाबहिलमा क्वालिटि सुट हाउस सञ्चालनमा आएको छ । सर्टिङ सुटिङ सम्बन्धी सम्पूर्ण सेवा दिने गरी सुट हाउस सञ्चालनमा ल्याइएको हो ।

चाबहिलस्थित कृषि विकास बैंकको शाखा नजिकै रहेको सुट हाउसको सोमवार पूर्वमन्त्रीद्वय आनन्दप्रसाद पोखरेल तथा जितु गौतम र सिलाई व्यवसायी संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरे । सुट हाउसमा महिला तथा पुरुषका लागि सर्टिङ सुटिङको सम्पूर्ण सेवा दिने प्रोपाईटर किशोर नेपालीले बताए ।

सुट हाउसमा इटालियन, पिटर इङ्ल्याण्ड, बिमल, मोन्टेकार्लो, मयुर, शियाराम, रेमण्डलगायत विभिन्न कपडा उपलब्ध छन् । सुट हाउसले विदेशी तथा स्वदेशी ब्राण्डका कपडाको रेडिमेट तथा अर्डरअनुसार पोशाकहरु उपलब्ध गराउने छ ।

‘सुट हाउसले ब्राण्डेड कपडाका आकर्षक पोशाक ज्ञारेन्टीका साथ उपलब्ध गराउने छ’ उनले भने, ‘यहा सिलाएको तथा यहाँबाट लगेको रेडिमेड सुटमा भुवा आएमा, कलर गएमा वा कुनै कैफियत देखिएमा फिर्ता गरिदिन्छौं ।’ ग्राहकले चाहेमा ८ घण्टामै सुत तयार गरेर दिन सकिने प्रोपाईटर नेपालीले बताए ।

यसअघि दोलखाको चरिकोटमा इश्वर टेलर्स सञ्चालन गर्दै आएका नेपालीले ७५ लाख रुपैयाँ लगानी गरेर सुट हाउस सञ्चालनमा ल्याएका हुन् । सुट हाउसमा ८ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँभन्दा बढी मूल्यका सुट उपलब्ध रहेका छन् ।

हाल सञ्चालनमा आएको अवसरमा सवैखाले सर्टिङ सुटिङ सेवामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment