Comments Add Comment

प्रधानमन्त्रीलाई कांग्रेस नेताको प्रश्न : खोइ त पानीजहाज ?

१६ पुस, सप्तरी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गफाडी’ को संज्ञा दिएका छन् । केही गर्ने अवसर पाए पनि बर्तमान सरकारले अवसर गुमाइरहेको भन्दै रिजालले चिन्ता व्यक्त गरे ।

सन् २०१८ भित्र सप्तरीको हनुमाननगरदेखि हिन्द महासागरसम्म पानी जहाज चलाउने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेपनि खोई शुरु हुन सकेको भन्दै प्रश्न गरे ।

‘बढीमा पुस १५ या १६ गतेदेखि पानी जहाज चल्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको कसैसँग लुकेको छैन’ मेलमिलाप दिवसको अवसरमा सप्तरीमा आयोजित कार्यक्रममा उनले भने ‘तर आज त २०१८ बितिसक्यो, खोइ पानी जहाज चल्न सक्यो त ?’

नेता रिजालले सन २०१८ भित्रै चीनको ल्हासाबाट नेपालसम्म रेल गुड्ने प्रधानमन्त्रीले उद्घोष गरे पनि बर्तमान सबैसामु छर्लङ्ग रहेको बताए । ‘यतिसम्म गफ दिनुभन्दा पनि प्रधानमन्त्रीले आँखा चिम्लेर हिन्द महासागार र ल्हासा नेपालमै ल्याइदिन्छु भन्दा भइहाल्यो नि !’ रिजालले भने, ‘मानिसले आफ्नो बारेमा यति भ्रम राखेमा न त जनताको सेवा गर्न सक्छ, नत आफ्नै ।’

साँच्चै देखियो मेलमिलाप

सप्तरीमा पनि गुट चलाउने कांग्रेस नेताहरुको कमी छैन । तर सोमबार मनाइएको मेलमिलाप दिवसमा भने एकअर्काका साथ बस्न नरुचाउने कांग्रेस नेता एकै मञ्चमा, एकै ठाउँमा बसे ।

कुनै समय पूर्वकेन्द्रीय सदस्य रामकुमार चौधरी र जिल्ला सभापति दिनेश यादव एउटै मञ्चमा बस्नसमेत मान्दैनथे । जिल्ला सभापति यादव र जिल्ला सचिव रामकुमार यादवबीच पनि यस्तै अवस्था थियो । तर, मेलमिलाप दिवस मनाउन आयोजना गरिएको कार्यक्रममा जिल्ला सभापतिसहित चौधरी, जिल्ला सचिव रामकुमारसहित जिल्लाका प्रायः सबै नेता एउटै मञ्चमा देखापरे ।

जिल्लाका ६ वटै क्षेत्रका क्षेत्रिय सभापति, जिल्ला सभापतिका प्रत्यासीदेखि विजय गच्छदारसँग लोकतान्त्रिक फोरममा लागेका पूर्वमन्त्री हेमराज तातेड पनि एउटै मञ्चमा बसे ।

पूर्व गृहराज्य मन्त्री चौधरीले पार्टीका लागि योगदान दिनेको मूल्याङ्कन गर्दै अगाडि बढेमा पार्टी सुदृढ हुने बताए ।  प्रतिनिधिसभा सांसद तेजुलाल चौधरीले मेलमिलाप दिवसका दिन मिलेको देखाउने र अरु दिन गुट चलाउने हो भने पार्टी चल्न नसक्ने बताए ।तातेड्ले पार्टीलाई मजबुत बनाउनकै लागि आफूहरु पार्टीमा फर्केको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment