Comments Add Comment

सिटी एक्सप्रेस र मलेसियाको ‘भ्यालू’बीच रेमिट्यान्स सम्झौता

१६ पुस, काठमाडाैं । मलेसियाको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी भ्यालू र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा शुरु भएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र भ्यालूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न रावोले हस्ताक्षर गरेसँगै यी दुई बीच रेमिट्यान्स सेवा शुरु भएकाे हाे ।

भ्यालुले सिटी एक्सप्रेससँग सिधा रेमिट्यान्स सम्झौता भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा सिटी एक्सप्रेससँग नयाँ प्रविधि अनुसार सहकार्य गर्दै जाने बताएकाे सिटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भ्यालूको मलेसिया भरी २ हजार एजेन्ट् रहेका छन् । साथै यसकाे आफ्नै मोबाईल एप् र ईन्टरनेट बैंकिङ सेवा पनि उपलब्ध छ ।

यो सेवा शुरु भएपछि मलेसियाबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ६ हजारभन्दा बढी एजेन्टहरुमार्फत सिधै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने सिटी एक्सप्रेसले जानकारी दिएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment