+
+
Shares

‘रोदी’ जोडीको फिल्म दशैंमा रिलिज हुने, दिपेन्द्रले निर्देशन गर्ने पक्का

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १७ गते ११:३६

हास्य कलाकार दीपकराज गिरी र निर्माता रोहित अधिकारीले मिलेर बनाउन लागेको चलचित्रका लागि निर्देशक पक्का गरिएको छ । ‘रोदी’ जोडीको रुपमा परिचित दिपक र रोहितको चलचित्रलाई निर्देशक दिपेन्द्र लामाले निर्देशन गर्ने भएका छन् ।

नाम तय नगरिएको चलचित्रलाई ‘घामपानी र गोपी’ निर्देशन गरेका लामाले निर्देशन गर्न लागेको जानकारी दिपकले दिएका छन् । रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजको प्रस्तुतिमा यो चलचित्र बन्नेछ ।
यो चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छ । यो चलचित्र आउँदो बर्षको दशैंमा रिलिज हुने बताइएको छ ।

चलचित्रका लागि दिपकराज गिरी र केदार घिमिरे पक्का भइसकेका छन् भने अन्य कलाकार र प्राविधिकको छनोट भइरहेको छ । यो चलचित्रमा दिपकले नाफाको ५० प्रतिशत हिस्सा लिनेछन् । नेपालमा कोहि कलाकारले पहिलो पटक पारिश्रमिक नलिई नाफाको हिस्सा लिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?