Comments Add Comment

‘बोस’ बन्न छाडौं, साथी बनौं

‘सानो परिवार, सुखी परिवार’को अवधारणासँगै अहिले परिवार टुक्रिदै र एक्लिदै गएको छ । संयुक्त परिवारबाट एकल परिवारमा रुपान्तरण हुँदै गएको छ । यस्तो अवस्थामा दम्पती र बालबच्चा मात्र एउटा छानोभित्र समेटिन थालेका छन् । दम्पती चाहि एक्लो बच्चा हुर्काउँदैछन् ।

‘सुखी परिवार’का खातिर अहिले एक्लो बच्चा हुर्काउने प्रवृत्ति छ । यसले आमाबुवाको आर्थिक व्ययभार त घटाइदिएको छ । तर, बच्चाहरु भने साथीविहिन भएका छन् । एक्लिएका छन् । बच्चासँग खेल्ने साथी छैन । बोल्ने दौतरी छैन । उनीहरु घरभित्र अझ कोठाभित्र खुम्चिएका छन् ।

दाजुदिदी ‘बोस’ जस्तै

कतिपय बालबालिकाले आफ्दा दिदी, दाजु पाएका छन् । तर, यसमा पनि केही समस्या छ । दम्पतीले आफ्नो सहजताका लागि ‘उमेर अन्तर’मा बच्चा जन्माएका छन् । अर्थात एउटा बच्चा हुर्किएपछि मात्र अर्को बच्चा जन्माउने भन्ने चेतसँगै बच्चाहरुको उमेरमा फराकिलो अन्तर छ ।

निश्चित उमेर अन्तर हुनु स्वभाविक हो । तर, दाजुभाई, दिदीबहिनीबीचको उमेर फराकिलो अन्तर छ भने उनीहरुमा पनि केही समस्या देखापर्छ । आमाबुवाले के ठान्छन् भने, ठूली छोरीले सानी नानी/बाबु हेर्छन् । ख्याल गर्छन् । हुर्काउँछन् ।

अर्थात हुर्किसकेका बालबालिकाले आफ्ना भाई वहिनीको ख्याल राख्छन् । तर, बुझ्नुपर्ने त के भने ति बालबालिकालाई हुर्काउने, ख्याल राख्ने मान्छे भन्दा पनि आफुसँगै खेल्ने, रमाउने साथी चाहिएको छ । तर, आफ्नै दिदी, आफ्नै दाजु दौतरी जस्ता छैनन् । सहपाठी जस्ता छैनन् । उनीहरु हुर्किसकेका छन् । ठूला भइसकेका छन् । खेलाउनुको बदला यो गर, त्यो नगर भनेर सिकाउँछन् ।

अक्सर बच्चाहरु आफुभन्दा सानो भाईवहिनीसँग खेल्ने भन्दा पनि उनीहरुमाथि आफु हावी हुने यत्न गर्छन् । आफुलाई बुवाआमाले जसरी व्यवहार गर्छन्, ठिक त्यस्तै व्यवहार आफुना भाईवहिनीसँग गर्ने अभ्यास गर्छन् । अर्थात आफुलाई परिपक्क, ठूलो देखाउने चाह राख्छन् । यसको कारण उनीहरु आफ्ना भाईवहिनीमाथि अधिकार लाद्ने, हावी हुने, शासन गर्ने गर्छन् ।

आफ्नो भाईवहिनीसँग मिलीजुली खेल्ने, खेलाउने गर्दैनन् । बरु, उनीहरु आफ्ना भाईवहिनीको सामुन्ने ‘बोस’ हुन खोज्छन् । भाईवहिनीलाई ‘अर्डर’ गर्छन् । आफुले भने बमोजिम भाईवहिनीले काम गरोस् भन्ने अपेक्षा राख्छन् ।

आमाबुवा ठान्छन्, ठूलो छोरा वा छोरीले साना भाइवहिनीको ख्यालबिचार राखेका छन् । तर, भइदिन्छ अर्कै ।

साना बालबच्चा आफ्नै दाजुदिदीबाट भयभित ?

साना भाईवहिनी भने आफ्ना दाजु, दिदीको आदेश बमोजिम चल्नुपर्ने अवस्थामा हुन्छन् । उनीहरु दाजु, दिदीबाट भयभित हुन्छन् । दाजु/दिदीले गाली गर्छ, कुटपिट गर्छ भन्ने भय पालेर उन्मुक्तसाथ खेल्न पाउँदैनन् । रमाउन सक्दैनन् । कुनैपनि खेलाना खेल्दा, कुनैपनि खानेकुरा खाँदा उनीहरु आफ्ना दिदी वा दाजुले केही भन्ने हो कि भनेर शसंकित रहन्छन् । यसलै उनीहरु मानसिक रुपले सताइएको हुन्छ ।

ति हुर्किसकेका छोराछोरीलाई पनि थाहा हुँदैन कि मेरो कारणले साना भाईवहिनी भयभित छन् भन्ने कुरा । उनीहरु त आफु ‘बोस’ वा ठूलो मान्छे हुन पाएकोमा दंग पर्छन् । किनभने उनीहरु त्यती बुझ्ने परिपक्क उमेरका भइसकेका हुँदैनन् ।

दाजुभाई/दिदीवहिनी एकअर्काको साथी-साथी

यस्तो अवस्थामा आमाबुवाले नै यी छोराछोरीबीचको दुरी मेटाइदिनुपर्छ । हुर्केका छोराछोरीले साना छोराछोरीको रेखदेख वा ख्याल राख्ने कुरामा अपेक्षा राख्नु अन्यथा भएन । तर, सना बालबालिकालाई अभिभावकत्वभन्दा बढी साथी चाहिएको हुन्छ । खासगरी अहिलेको अवस्थामा । दम्पतीले एकभन्दा बढी सन्तान जन्माउनुको फाइदा पनि उनीहरु साथी-साथी बनेर हुर्कियोस् भन्नका खातिर हो ।

हुन त दम्पतीले छोरा भएपछि छोरी र छोरी भएपछि छोरा वा छोरा र छोरीको आवश्यक्ता महसुष गरेर बच्चा जन्माउने गरेका छन् । अहिलेका सन्दर्भमा छोरा जन्माउनैपर्ने मनस्थितीको कारण पनि कतिपय दम्पती दोस्रो सन्तान जन्माउन पुग्छन् । यी भनेका आफ्ना स्वार्थका कुरा हुन् । आफ्ना स्वार्थ परिपूर्ति गरिररहँदा अभिभावकले आफ्ना बच्चाको स्वार्थलाई भने ख्याल राख्दैनन् ।

अभिभावकले दुई जना बच्चा जन्माइसकेपछि उनीहरुबीच साथीको अभाव परिपूर्ति गराइदिनुपर्छ । हुर्केको छोरा र साना छोरी आपसमा साथी भएर खेलेको, रमाएको राम्रो हो । हुर्केका छोराछोरीले साना भाईवहिनीमाथि आफु हावी भएको राम्रो होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment