Comments Add Comment

श्रीलंकालाई पछि पार्दै अफगानिस्तान टी–२० विश्वकपको सुपर १२ मा

काठमाडौं । १८ महिना अगाडि मात्रै आईसीसीको पूर्ण सदस्यमा बढुवा भएको अफगानिस्तानले २०२० को टि–१० विश्वकपको दोस्रो चरणमा सोझै स्थान बनाएको छ । आईसीसी र्‍यांङ्किङको टप ८ मा अटाएर अफगानिस्तानले अष्ट्रेलियामा हुने विश्वकपको मुख्य प्रतिस्पर्धामा आफ्नो स्थान सुरक्षित गरेको हो ।

बलियो क्रिकेट राष्ट्र श्रीलंका भने टप ८ बाट पछाडि धकेलिएको छ । अहिले ८७ अंकका साथ नवौं स्थानमा झरेको श्रीलंकाले २०२० को विश्वकपको पहिलो चरणमा खेल्नुपर्ने भएको छ । विश्वकपको फम्र्याट अनुसार ओपनिङ राउन्डको प्रतिस्पर्धापछि सुपर १२ को छनोट हुन्छ, जसलाई ६–६ राष्ट्रको समुह बनाएर राउन्ड रोविनका आधारमा खेलाइन्छ ।

यसको अर्थ श्रीलंकाले पहिलो चरणको प्रतिस्पर्धामा टप २ मा नपरे दोस्रो चरणको प्रतिस्पर्धामा सहभागी हुन पाउने छैन ।

‘हामी सिधै टप १२ मा नपुग्नु ठूलो निराशाको कुरा हो, तर म विश्वस्त छु कि प्रतियोगितामा हामीले राम्रो गर्नेर्छौं,’ श्रीलंकाका टि–२० कप्तान लसिथ मलिंगाले भने, ‘तीन पटक फाइनल खेलेको र एकपटक विजेता बनेको टिम टप ८ भित्रै रहनुपथ्र्यो । यद्यपि, यसलाई हामीले अतिरिक्ति म्याचहरु खेल्ने अवसरका रुप्मा सदुपयोग गर्नेछौं ।’

यता पहिलो पटक सिधै सुपर १२ मा पुगेपछि अफगानिस्तानको टिममा खुशी छाएको छ । र्‍यांङ्किङमा टप ८ भित्र पर्ने क्रममा अफगानिस्तानले २०१८ मा खेलेका ७ म्याचमा सतप्रतिशत जित निकालेको थियो, जसमा बंगलादेशविरुद्धको २–० को स्वीप पनि समावेश छ । १० औं स्थानमा रहेको बंगलादेशले पनि विश्वकपको प्रारम्भिक प्रतियोगिता खेल्नुपर्ने भएको छ ।

बंगलादेशका सकिब अल हसन भन्छन्, ‘हामीले सिधै सुपर १२ मा स्थान बनाउन नसके पछि गु्रप स्टेजबाट माथि उक्लिनेमा आशावादी छौं ।’

अफगानिस्तानले सन् २०१० मा पहिलोपटक टि–२० विश्वकप खेलेको थियो । त्यसपछि सन् २०१२ र २०१४ को विश्वकपमा पनि उसले स्थान बनायो ।

सन् २०१४ को विश्वकपमा नेपालले पनि खेलेको थियो, जसमा पहिलो गु्रप स्टेजको म्याचमा नेपालले अफगानिस्तानलाई हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment