Comments Add Comment

कर्मचारी समायोजनबारे संसदीय समितिले सरकार र ट्रेड युनियनलाई बोलायो

१८ पुस, काठमाडौं । राष्ट्रिय सभा राष्ट्रिय सरोकार तथा समन्वय समितिले कर्मचारी समायोजनबारे छलफल गर्न संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई बोलाएको छ ।

बुधबार समिति सचिवालय सिंहदरबारमा बसेको बैठकले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन र संघीय संसद सचिवालय युनियनका नेताहरुलाई समेतको सहभागितामा यही २३ कर्मचारी समायोजनका जटिलताबारे छलफल गर्ने निर्णय गरेको हो ।

मन्त्रीसंगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतम पनि सहभागी हुनेछन् ।

कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष र महासचिव, संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष र सचिवलाई समेत बोलाउने निर्णय भएको समिति सचिव सुदर्शन कुइँकेलले जानकारी दिए ।

कर्मचारी समायोजन अध्यादेश संसदबाट पास भइसकेको छ । तर, आधिकारिक ट्रेड युनीयनले यसको विरोध गर्दै आएका छन् । उक्त अध्यादेश कार्यान्वयनको जटिलताबारे दुबै पक्षलाई बोलाएर छलफल गर्न लागिएको समितिले जनाएको छ ।

समायोजनमा जाने कर्मचारीहरुको सेवा शर्त, बढुवा र वृतिविकासका सन्दर्भमा अध्यादेशमा प्रष्ट ब्यवस्था नभएको भन्दै कर्मचारीहरु आन्दोलित छन् । सरकारले भने, ती ब्यवस्था संघीय निजामती ऐनमा हुने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment