Comments Add Comment

ग्लोबल आइएमई बैंक नेप्सेको अनलाईन प्रणालीमा आबद्ध

१८ पुस, काठमाडौं । ग्लोबल आइएमई बैंक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाईन सेयर कारोबार प्रणालीमा आबद्ध भएको छ ।

बैंकले लगानीकर्तालाई अझ बढी सुविधा प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल शेयर लगानी बचत खाता’ सञ्चालनमा ल्याएको हो ।

यस मार्फत बैंकका ग्राहकले स्वचालित प्रणालीबाट अनलाईन सेयर कारोबार गरी सेयर खरिद विक्रीबापतको रकम रकमान्तर तथा राफसाफ गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

‘यस बचत खाताबाट लगानीकर्ताले घरबाटै  सजिलै स्वचालित अनलाईन प्रणालीबाट सेयर कारोबार गर्न तथा सेयर खरिद विक्री बापतको रकम राफसाफगर्न सकिने छ’, बैकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उच्चतम ब्यादर पाइने यस बचत खातामा निःशुल्क भाईवर र मोबाइल बैंकिङ, पहिलो वर्ष निशुल्क डिम्याट खाता, मेरो शेयर खाता र डेबिट कार्ड उपलब्ध हुने जनाइएको छ ।

यसका साथै आईपीओ र एफपीओबारे जानकारी लिन मिल्ने तथा आस्वा सुविधा, इन्टरनेट बैंकिंङ र चेकबुक निःशुल्क पाइने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस बाहेक लकर, क्रेडिड कार्ड र ऋण प्रोसेसिंगमा ५० प्रतिशत छुट पनि पाइने छ । यसअघि बैंकमा खाता भएका ग्राहकले समेत इन्टरनेट बैंकिंङ सेवा लिई अनलाईन सेयर कारोबार गर्न पाउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment