Comments Add Comment

तपाईं निद्रामा बर्बराउनुहुन्छ ? यस्तो छ कारण

सुकेधारा, चक्रपथकी प्रीति तिमिल्सिना निद्रामा निकै बरबराउने गर्छिन् । बरबराउने क्रममा कहिले स्कुलको कुरा गर्छिन् त कहिले अरुसँग झगडा गर्न थाल्छिन् ।  विहानीपख उनलाई यसबारे सोध्दा भन्छिन्, ‘मलाई त केही पनि थाहै भएन’ ।

त्यतिमात्र हैन, उनले निद्रामा बरबराउँछु भन्ने कुरा स्वीकारै नगरेपछि उनकी आमाले एक पटक बाध्य भएर मोबाइलबाट भिडियो नै खिचिदिइन् ।

त्यसपछि मात्र निद्रामा बरबराउने बानीलाई लिएर आफु सजग हुन थालेको प्रीतिले बताइन् । यद्यपी, उनलाई आफू निद्रामा किन बरबराउँछु भन्ने कुराबारे खासै जानकारी छैन । भन्छिन्,’राती त राम्रै सुते जस्तो लाग्छ । आमाले भने पनि मात्र बरबराउँदो रहेछु भन्ने जस्तो लाग्छ ।’

पि्रति त एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता अन्य थुप्रै व्यक्तिहरु छन्, जो अहिले पनि प्रत्येक रात निद्रामा बरबराउने गर्छन् । मानिसहरु सोच्छन्, राती कुनै सपना देखेमा मानिसहरु निद्रामै बर्बराउने गर्छन् ।

जबकी चिकित्सकीय भाषामा भने यसलाई  ‘प्यारासोमनिया’ भनिन्छ । जसको अर्थ हो, निद्रामा अस्वभाविक व्यवहार गर्नु ।

र यस प्रकारको व्यवहारलाई न त रोगमा लिइन्छ न त सामान्य समस्या नै । किनकी निद्रामा बरबराउने मानिस एक पटकमा तीस सेकेन्ड भन्दा बढी समय बोल्दा पनि बोल्दैनन् ।

आखिर मानिसहरु निद्रामा किन बरबराउने गर्छन् ? यस्तो छ कारण ? कस्ता व्यक्ति निद्रामा बरबराउने गर्छन् ?

एक शोधले जनाए अनुसार तीन देखि दश वर्षको आधा भन्दा बढी बालबालिका आˆनो कुरा निद्रामै राख्ने गर्छन् । र , निद्रामै कुरा पूरा गर्छन् । जबकी पाँच प्रतिशत ठूला व्यक्तिमात्र निद्रामा बरबराउने गर्छन् । यो समस्या कहिलेकाही वा नियमित रुपमा पनि हुनसक्छ  भने पुरुषको तुलनामा महिलाहरु निद्रामा धेरै बरबराउने गर्छन् ।

तनावका कारण पनि बरबराउँछन्

तनावका कारण पनि मानिसहरु निद्रामै बरबराउने गर्छन् । त्यसैले, यो समस्या कम गर्न पनि मस्तिष्कलाई तनावबाट मुक्त राख्न जरुरी छ  ।

आरईएम स्लीप विहेवियर डिसअर्डर

सुतेको समयमा बोल्ने, कराउने वा हात खुट्टा चलाउने डिमेन्सिया वा पार्किन्सन्स जस्ता रोगको लक्षण हुने गर्छ । यस्ता रोगलाई ‘आरईएम स्लीप विहेवियर डिसअर्डर’ पनि भन्ने गरिन्छ । आरईएम निद्राको त्यो चरण हो जसमा निद्रा वा सपनामा देखेको कुरा हामीलाई साचो लाग्ने गर्छ । र, हामी त्यसप्रति प्रतिकि्रया दिन थाल्छौ । यसबाहेक, विभिन्न औषधीको दुष्प्रभाव,  तनाव, मानसिक समस्याका कारण पनि मानिसहरु निद्रामै बरबराउन थाल्छन् ।

कसरी पाउने छुटकारा ?

समयमै सुतेर, व्यायाम गरेर तथा मनोपरामर्शदाताको सहयोग लिएर पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

विशेषगरी, समयमै सुत्ने र समयमै उठ्ने बानी गरेमा शरीरलाई आराम मिल्छ, जसले गर्दा यो समस्याबाट सजिलै छुटकारा पाउन सकिन्छ ।

त्यस्तै, व्यायाम गरेर पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ । किनकी कयौ पटक शरीरमा रक्तसञ्चार राम्ररी नभएमा पनि मानिसहरु निद्रामै बरबराउने गर्छन् । त्यसैले, यो समस्याबाट छुटकारा पाउन तथा मन, मस्तिष्क र शरीरलाई स्वस्थ राख्न योगा तथा व्यायाम गर्न सल्लाह दिइने गरिन्छ ।

यसबाहेक, दिमागलाई स्थिर राख्न संगीत सुन्नका लागि पनि सुझाव दिइने गरिन्छ । संगीतले मन प्रफुल्लित राख्नुका साथै मस्तिष्कलाई स्थिर राख्दछ । साथै, संगीतले निद्रा पनि जगाउँछ । जसले गर्दा निद्रामा बरबराउने समस्या पनि क्रमिक रुपमा कम हुन थाल्दछ ।

यसका बाबजुद पनि यो समस्या कम नभएमा भने साइकोथेरापिस्टको परार्मश लिनु पर्दछ । र, उनीहरुको राय तथा सुझाव अनुसार नै यो समस्यालाई कम गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment