Comments Add Comment

वाइडबडीबारे लेखा समितिले निर्णय लिन सकेन

२० पुस, काठमाडौं । वाइडबडी खरिद प्रकरणको छानबिन उपसमितिको प्रतिवेदनमा नेकपा सांसदहरुले प्रश्न उठाएपछि सार्वजनिक लेखा समितिले निर्णय लिन सकेन ।

विमान खरिदमा भ्रष्टाचार भएकोमा सबैको सहमत देखिएपनि पर्यटनमन्त्री रविन्द्र अधिकारी र गृहसचिव प्रेम राईलाई गरिएको कारबाही सिफारिसमा नेकपा सांसदहरुले प्रश्न उठाए । राजनीतिक पूर्वाग्रह राखिएको हुनसक्ने आशंका गरे ।

उपसमितिका संयोजक मात्र होइन, उपसमितिमा रहेका नेकपाकै सांसदहरुले त्यसको खण्डन गरे । छानबिन गर्दा जे देखियो, त्यही लेखेको उनीहरुले बताए ।

तर, समिति निर्णयमा पुगन सकेन । समितिको प्रतिवेदन संशोधन गर्नुपर्ने नेकपा सांसदको मत थियो । कांग्रेस सांसदहरु पनि त्यसमा सहमत देखिए । तर, संशोधन गर्ने प्रष्ट नभएको भन्दै सभापति भरतकुमार शाहले राय मागे ।

नेकपाका सांसद अमनलाल मोदी र सूर्यपाठकले तीन मन्त्रीलाई एउटै सिफारिस गर्नुपर्ने बताए । साथै अनियमितताको मेन डिजाइनर वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकार भएको भन्दै गृहसचिव राईलाई उकास्नलाई समान कारबाही सिफारिस गरिएको भन्दै सांसद पाठकले असहमति जनाए ।

कांग्रेस सांसद मिनेन्द्र रिजालसँगै सभापति शाहले भने प्रतिवेदनको मुलमर्म कायमै राख्नुपर्ने मत राख्नुपर्ने बताए । समितिमा कुनै सहमति जुट्न सकेन र सभापतिले अनौपचारिक परामर्श गर्ने गरी सोमबार ११ बजेसम्म स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment