Comments Add Comment

प्रेम सम्बन्धमा रहेको बिषयमा यसो भन्छिन् श्वेता

नायिका स्वेता खड्का चलचित्र ‘कान्छी’मा काम गरेपछि अहिले सिन्धुपाल्चोकमा आफ्नो सपनाको बस्ती निर्माणमा व्यस्त छिन् । स्वेता खड्का चलचित्रमा काम गर्दा पनि वा नगर्दा पनि चर्चामा रहन्छिन् । चलचित्र बजारमा नायिका स्वेता खड्का प्रेममा रहेको चर्चा पनि चल्ने गरेको छ । हुनत, चलचित्र बजारमा यस्ता हल्ला चल्नु स्वभाविक नै हो ।

तर, स्वेता खड्का यो कुरा मान्न तयार छैनन् । उनी भन्छिन्–‘मलाई त प्रेम र विवाह फेक कमिटमेन्ट जस्तो लाग्छ । यसमा धेरै नबोलौ होला ।’ स्वेताले प्रेम र बिहेलाई झुटो आश्वासनको संज्ञा दिएकी छिन् । उनले, बिहेको बिषयमा पनि अहिलेसम्म केही पनि नसोचेको स्पष्ट पारेकी छिन् ।

स्वेताले भनेकी छिन्–‘म खुशी छु । आफ्नै किसिमले जीवन चलाइरहेको छु । विगतमा कसैसँग सहकार्य गर्ने संझौता त भएको थियो तर मैले एउटी श्रीमतीका रुपमा, बुहारीका रुपमा जीवनको अनुभव नै गर्न पाइनँ । म हिजो पनि सिंगल थिएँ, आज पनि सिंगल नै छु । कस्तो हुन्छ जोडीको जीवन, अनुभव गर्न पाएकी छैन । यो बिषयमा अहिलेसम्म सोचेकी छैन ।’

स्वेताले बिहेको बिषयमा आफूले नसोचेको र सिंगल जीवनमा नै खुशी रहेको स्पष्ट पारेकी छिन् । ‘साप्ताहिक’सँग कुरा गर्दै उनले प्रेम र बिहेको बारेमा धारणा राखेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment