Comments Add Comment

निर्यातमा जोड दिँदै परिषदले मनायो दिवस

२२ पुस, काठमाडौं । ‘नेपाली बस्तुको अन्तर्राष्ट्रिय पहिचान’मा जोड दिँदै तेस्रो निर्यात दिवस मनाइएको छ । दिवसको अवसरमा आइतबार बिहान काठमाडौंको ठमेल बजारमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

देश भित्र र बाहिर पनि नेपाली वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ जनचेतना जगाउन प्रभातफेरी कार्यक्रम आयोजना गरिएको नेपाल निर्यात परिषदका अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले बताए ।

कर्मचारी सञ्चय कोष कार्यालय अगाडिबाट शुरु भएको प्रभातफेरी ठमेल बजार परिक्रमा गरी सोही स्थानमा आएर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै परिषदका अध्यक्ष श्रेष्ठले निर्यात प्रवर्द्धनका लागि आवश्यक कानुन, नीति र संस्थागत संरचना तत्काल निर्माण गर्न सरकारसँग माग गरे ।

उनले नेपाली वस्तुको निर्यात प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यका साथ परिषदले निर्यात दिवस मनाउन थाले बताए ।प्रभातफेरीमा सहभागीहरुले नेपाली वस्तुको प्रवर्द्धनमा जोड दिन आहृवान गरिएको प्लेट कार्डहरु बोकेका थिए ।

निजी क्षेत्रका व्यवसायीहरुले सरकारले आवश्यक कानुनको व्यवस्था गर्न नसकेका कारण नेपाली वस्तुको निर्यात् उकालो लाग्न नसकेको आरोप लगाउँदै आएका छन् ।

उनीहरुले मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन पनि निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment