Comments Add Comment

ऋतिकले नसकेको पूजाको करिअर सम्हाल्दै अक्षय

नायक अक्षय कुमार र निर्देशक रोहित सेट्टी पहिलो पटक एकसाथ काम गर्दैछन् । रोहितले निर्देशन गर्न लागेको चलचित्र ‘सूर्यवंशी’मा अक्षय कुमार मुख्य भूमिकामा छन् । यो चलचित्रको छायांकन अप्रिलबाट सुरु हुँदैछ । चलचित्रलाई यही बर्षको अन्त्यमा रिलिज गर्ने तयारीमा रोहित छन् । रोहितले निर्देशन गरेको ‘सिम्बा’ चलचित्रले बक्स अफिसमा धुम मच्चाइरहेको छ ।

यो चलचित्रको घोषणा भैसँगै फ्यानहरु अक्षयको जोडीको रुपमा कुन नायिका हुनेछिन् भन्ने प्रतिक्षामा छन् । चलचित्रमा नायिकाको भूमिका खासै लामो छैन । चलचित्रमा नायिकाको भूमिका १५ देखि २० मिनेट मात्र हुने वुझिएको छ ।
नायक अक्षय कुमारले यो चलचित्रमा नायिका पूजा हेग्डेलाई राख्नका लागि रोहितलाई सल्लाहा दिइरहेको भारतीय मिडियामा उल्लेख छ । पूजाले नायक ऋतिक रोशनसँग चलचित्र ‘मोहन्जोदारो’मा काम गरेकी थिइन् । तर, यो चलचित्र बक्स अफिसमा असफल भयो ।

पूजा चलचित्र ‘हाउसफूल ४’मा नायक अक्षय कुमारको जोडीको रुपमा देखिदैछिन् । अब, अक्षयले उनलाई आफ्नो नयाँ चलचित्रमा राख्ने मन समेत बनाएका छन् । ऋतिकले सम्हाल्न नसकेको पूजाको करिअर अक्षयले उभो लगाउने जिम्मा लिएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment