Comments Add Comment

डडेल्धुरा सदरमुकाममा फेरि आगलागी, १० पसल जलेर नष्ट

२३ पुस, डडेल्धुरा । जिल्लाको अमरगढीस्थित बसपार्कमा गएराति आगलागी हुँदा १० पसल जलेर नष्ट भएका छन् ।

अमरगढी– ५, बसपार्कमा राति १२ बजे आगलागी हुँदा १० वटा पसल पूर्ण रुपमा जलेको जिल्ला प्रहरीका कार्यालय, डडेल्धुराले जनाएको छ।

आगलागीबाट बसपार्क पिपलचौतारीका तरकारी पसल, नास्ता पसल तथा माछा पसल जलेका हुन् ।

अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । त्यसका लागि झण्डै १ घण्टा लागेको प्रहरीले जनाएको छ ।

डडेल्धुरामा ९ दिनको अन्तरालमा भएको यो चौथो आगलागीको घटना हो । यसअघि डडेल्धुराकै ५ वटा पसलमा आगलागी हुँदा करिब ८७ लाख बराबरको क्षति भएको थियो।

यसअघिका ३ आगलागिका र आइतबार रातिको आगलागीको प्रकृति एउटै देखिएको प्रहरीले जनाएको छ । आगो लागाइएको हुनसक्ने आशंकामा एक किशोरलाई नियन्त्रणमा लिइएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। प्रारम्भिक अनुसन्धानका क्रममा निजले अपराध स्वीकार गरिसकेको समेत उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment