Comments Add Comment

सपथको चौथो दिन रेशम चौधरीको मुद्दा पेशी चढ्यो

२३ पुस, काठमाडौं । सांसद पदको सपथ लिएको चौथो दिन टीकापुर घट्नाका अभियुक्त रेशमलाल चौधरीको मुद्दाको पेशी तोकिएको छ । उनको मुद्दा ईश्वरीप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशमा परेको छ ।

सांसद चौधरीले १९ पुसमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ गराएका थिए । सपथपछि उनी डिल्लीबजार कारागारमै फर्किएका थिए ।

चौधरी वारेसमार्फत उम्मेदवारी दर्ता गराएर २०७४ को आमनिर्वाचनमा कैलाली–१ बाट सांसद निर्वाचित भएका हुन ।

७ भदौ २०७२ मा कैलालीको टीकापुरमा एक नाबालक सहित सात प्रहरीको हत्या भएको मुद्दामा सांसद चौधरीसहित २६ जनालाई विपक्षी बनाइएको छ । यही मुद्दामा लक्ष्मण थारु सहित २३ जना जिल्ला कारागार कैलाली र दुई नाबालक पोखरास्थित बाल सुधार गृहमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment