Comments Add Comment

संकटा अन्तिम खेलमा एपीएफसँग स्तब्ध

२३ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एक खेल अघि नै उपविजेता बनेको संकटा क्लब अन्तिम खेलमा भने पराजित भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा संकटा क्लब विभागीय टिम एपीएफ क्लबसँग २–१ गोलअन्तरले पराजित भएको हो । तर  एक खेलअघि नै स‌ंकटा लिगको उपविजेता बनिसकेको थियो ।

एपीएफको जितमा युवराज खड्का र राजन गुरुङले गोल गरे । यता, संकटाका लागि भने लक्षमण रुचालले गोल फर्काएका थिए ।

खेलको २४ औं मिनेटमा नै युवराजले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । ७१ औं मिनेटमा राजनले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारे । तर अतिरिक्त समयमा संकटाले डिबक्सको केही बाहिर फ्रिकिक पाएको थियो । फ्रिकिक प्रहार गर्न लक्षमण रुचाल थिए । उनले सुन्दर प्रिकिक प्रहार गर्दै गोल गर्न सफल भए । तर आफ्नो टिम संकटालाई हारबाट जोगाउन भने सकेन ।

जितसँगै पाँचौ स्थानमा चित्त बुझाएको एपीएफले १३ खेलबाट सात खेलमा जित ,चार खेलमा बराबरी र दुई खेलमा हार ब्यहोर्दै २३ अंकमा लिग टुंग्याएको छ । यता उपविजेता बनेको संकटाले अन्तिम खेल हारे पनि १३ खेलबाट ९ खेलमा जित, तीन खेलमा हार र एक खेलमा बराबरी खेल्दै २८ अंक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment