Comments Add Comment

वाइडबडी खरिदमा संलग्न कोही पनि उम्कन हुँदैन : देउवा

२४, पुस, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले वाइडबडी विमान खरिद प्रकरणमा दोषी कोही पनि उम्कन नहुने बताएका छन् ।

मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा उनले वाइडबडी विमान खरिद प्रकरणमा दोषी देखिएकालाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

बैठकमा नेताहरुले संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गरेको भन्दै कारबाही सिफारिस भएकाहरुको विषयमा कांग्रेसको पोजिसन के हो भन्दै सभापतिलाई प्रश्न गरेका थिए ।

जवाफमा देउवाले भने, ‘मेरो पोजिसन भनेको यसमा संलग्न कोही पनि उम्कन हुँदैन । सम्बन्धित निकायले पनि थप छानबिन गर्नुपर्छ ।’ नेताहरुको प्रश्नको सटिक जवाफ दिँदै सभापति देउवाले लेखा समितिको प्रतिवेदन उचित भएको आशय ब्यक्त गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

लेखा समितिले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै दुई पूर्वमन्त्री र वहालवाला पर्यटनमन्त्रीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment