Comments Add Comment

एमएडब्लु म्युजिकले ल्यायो दुई अन्तर्राष्ट्रिय म्युजिकल ब्रान्ड

२५ पुस, काठमाडौं । नेपालकै सबैभन्दा ठूलो मल्टि-ब्रान्ड म्युजिकल इन्स्ट्रयुमेन्ट तथा प्रोफेसनल अडियो सिस्टम सोरुम एमएडब्लु म्युजिक प्रालिले विश्वमै चर्चित दुई नयाँ म्युजिकल ब्रान्ड नेपालमा सार्वजनिक गरेको छ ।

नेपाली संगीतप्रेमीहरुले अब मिनल ब्रान्डका पक्र्युसन र सिम्बल र ओर्टेगा गितारको संगीतको अनुभव गर्न पाउने भएका छन् । यी ब्रान्डका म्युजिकल इन्स्ट्रयुमेन्टहरु नक्साल काठमाडौंस्थित एमएडब्लु म्युजिक स्टोर- बास एन्ड ट्रेबलमा मात्र उपलब्ध हुनेछन् ।

‘नेपाली संगीतप्रेमीका लागि नयाँ ब्रान्डहरु भित्र्याउन पाउँदा हामी गर्वको महसुस गरिरहेका छौं,’ एमएडब्लु म्युजिक प्रालिकी कार्यकारी निर्देशक सलोनी सेठियाले भने, ‘हामीले हाम्रा ग्राहकको माग र गुणस्तरीय संगीतको चाहना पूरा गर्ने अवसरलाई सदुपयोग गर्ने यी नयाँ ब्रान्ड ल्याउने निर्णय लिएका हौं ।’

रोल्यान्ड मिनल म्युजिकइन्स्ट्रयुमेन्टको स्थापना सन् १९५१ मा भएको थियो । आज यो ब्रान्ड संसारकै अग्रणी म्युजिकल ब्रान्ड हो जसले जर्मनी र टर्कीबाट सिम्बलको उत्पादन गर्छ ।

संसारका धेरै चर्चित ड्रमर र बान्डहरुले मिनलकै सिम्बल मात्र प्रयोग गर्छन् । पक्र्युसन सेग्मेन्टमा मिनलले सबै प्रकारका संगीतकर्मीलाई मिल्ने उच्च गुणस्तरको पक्र्युसन इन्स्ट्रयुमेन्ट उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी, ओर्गेगा गितारको स्थापना सन् १९९४ मा रिनल्ड मिनलले गरेका थिए । सुरुमा गितार क्लासिकल स्पेनिस स्टाइलमा बनाइन्थे । तर ओर्टेगाले पारम्परिक गितारलाई नयाँ उचाइमा पुर्‍याएको हो ।

‘ओर्टेगा गितारमा पारम्परिक हस्तकला र नाइलनका स्टि्रङ प्रयोग हुन्छन् तर यी गितार आधुनिक बनिसकेका छन्,’ कार्यकारी निर्देशक सेठियाले भने, ‘आधुनिक पद्धतीबाट बनेका पारम्परिक गितारहरु उच्च कोटीका छन् ।’

एमएडब्लु म्युजिक स्टोर- बास एन्ड ट्रेबलमा ‘यामाहा’ ब्रान्डका सबैखाले म्युजिकल इन्स्ट्रयुमेन्ट, प्रोफेशनल अडियो सिस्टम, अडियो भिजुअल उपकरणका साथै डी’अडारियो’ जस्तो विश्वकै लोकपि्रय म्युजिकल स्टि्रङ र एसोसरिजहरु पनि उपलब्ध छन् ।

त्यसैगरी, चर्चित माइक्रोफोन, गुणस्तरीय वायरलेस सिस्टम र कन्पिmरेन्स सिस्टमको उत्पादक ‘शुयर’ ब्रान्डका उपकरणहरु पनि पाइन्छन् । यसबाहेक कोनिग एन्ड मेयेर, हर्कुलस, लानिकाइ र न्युटि्रक जस्ता अडियो उपकरणका ब्रान्डहरु एमएडब्लु म्युजिक स्टोरमा पाइन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment