Comments Add Comment

राकेश रोशनलाई क्यान्सर, ऋतिकले भने–‘सर्जरी राम्रो भयो’

नायक ऋतिक रोशनका पिता निर्देशक राकेश रोशनलाई क्यान्सर भएको छ । उनलाई क्यान्सर भएको र सर्जरी समेत गरिएको जानकारी ऋतिकले ट्विटरको माध्यमबाट दिएका छन् । ऋतिकले ट्विट गरेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ट्विट गरेर राकेशको शिर्घ स्वास्थ्य लाभको कामना गरेका थिए । ऋतिकले मोदीको ट्विटमा जवाफ दिदै पिताको सर्जरी राम्रो भएको उल्लेख गरेका छन् ।

राकेशको घाटीमा क्यान्सर भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । राकेशका भाई राजेश रोशनले पनि अहिले स्वास्थ्य स्थिती राम्रो रहेको बताएका छन् । उनले केही दिनमा नै राकेशलाई अस्पतालबाट डिस्चार्ज मिल्ने उल्लेख गरेका छन् । राकेश रोशन चलचित्र ‘कृष ४’को तयारीमा थिए ।

यो चलचित्रको प्रदर्शन मिति सन् २०१९ को डिसेम्बरमा समेत तोकिएको थियो । तर, अब राकेशको स्वास्थ्य अवस्थाका कारण यो चलचित्रको निर्माण केही समय पछि धकेलिएको छ ।
बलिउडमा पछिल्लो समय कलाकार इरफान खान, नायिका सोनाली बेन्द्र क्यान्सर रोगबाट पीडित बनेका थिए । उनीहरु अहिले उपचारका क्रममा नै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment