Comments Add Comment

एनआई सी एशिया बैंक लिमिटेड र वर्ल्ड रेमिटबिच रेमिटेन्स सम्झौता

२५ पुस, काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेडले वर्ल्ड रेमिटसँगको सहकार्यमा ५० भन्दा बढी देशब्ााट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ ।

बैंकले यस सम्बन्धमा वर्ल्ड रेमि यूकेसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै विभिन्न ५० भन्दा बढी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो ।

उक्त सम्झौताअनुसार वर्ल्ड रेमि मार्फत कतार, साउदी, युएई, कवेत, जापान, क्यानडा, अस्ट्रेलिया, न्युजिल्याण्ड, युके, युएसए, र युरोप लगायत विभिन्न ५० भन्दा बढी देशमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरु व्ाा अन्य व्यक्तिहरुले पठाएको विप्रेषण तुरुन्त भुक्तानी पाउने व्यवस्था छ ।

बैंकका मुलुक भर फैलिएको २७० वटा शाखा कार्यालय तथा ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

वर्ल्ड रेमिटको ग्राहकले एजेन्टका मार्फत विप्रेषण सेवा नलिकन आफै आफ्नो ःयदष्भि मार्फत परिवार तथा साथीहरुलाई तुरुन्त भुक्तानी पाउने गरी पैसा पठाउन पनि सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment