Comments Add Comment

प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री कोनोबीच भेटवार्ता

२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जापानी विदेशमन्त्री तारो कोनोबीच भेटवार्ता भएको छ । नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका कोनोले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई बिहीबार भेटेका हुन् ।

प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री कोनोबीच बिहीबार बिहान भेटवार्ता भएको जनाएको छ । सचिवालयका अनुसार,  दुईबीच द्विपक्षीय हितलगायत विषयमा कुराकानी भएको छ ।

१८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका कोनो बुधबार नै मन्त्रीस्तरीय बैठकमा सहभागी बनेका थिए । मन्त्रीस्तरीय वार्तापछि दुई देशबीच सीधा हवाई उडान सम्झौता भइसकेको छ ।

यसैबीच, कोनोले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि बिहीबार बिहान औपचारिक भेटवार्ता गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment