Comments Add Comment

रोकिएको छैन शहरका भित्तामा फिल्मका पोष्टर टाँस्ने क्रम

हलमा रिलिज हुन लागेका नयाँ चलचित्रका लागि प्रचारको सबैभन्दा राम्रो माध्यम बनेको छ, भित्तामा टाँसिने पोष्टर । शहरमा भित्तामा टाँसिने पोष्टरले दर्शकलाई तत्काल चलचित्र हेर्न जाने कि नजाने भन्ने निर्णय गराउन सहयोग गर्दछ ।
तर, काठमाण्डौका भित्तामा पोष्टर टाँस्दा शहर फोहर भएको भन्दै महानगरपालिकाले यो काम गर्न रोक लगाएको छ ।

चलचित्र निर्माता संघले केही दिन अगाडि आयोजना गरेको एउटा पत्रकार सम्मेलनमा पनि काठमाण्डौमा पोष्टर नटाँस्न निर्माताहरुलाई आग्रह गरेको थियो । निर्माता संघले पोष्टरको लागि नयाँ विकल्पको बिषयमा महानगरपालिकासँग छलफल भैरहेको बताएको थियो ।

तर, निर्माता संघ र काठमाण्डौ महानगरपालिकाको आग्रहलाई चलचित्रका निर्माताहरुले मानेका छैनन् । काठमाण्डौका भित्ताहरुमा अझै पनि पोष्टर टाँसिएको देख्न सकिन्छ । जसले गर्दा शहरका भित्ताहरु अझै फोहर देखिएका छन् ।

भोलीबाट रिलिज हुन लागेका २ चलचित्र ‘चौका दाउ र भिलेन’को पोष्टर काठमाण्डौका भित्ताहरुमा छ्याप्त छ्याप्ती पाइन्छ । केही समय अगाडि शहरका भित्तामा पोष्टर टाँसिरहँदा पोष्टर टाँस्ने मानिसहरुलाई महानगरपालिकाले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment