Comments Add Comment

सरकारले कंसाकारलाई तत्काल निलम्बन नगर्ने

२६ पुस, काठमाडौं । सरकारले वाइडबडी विमान खरिद प्रकरणलाई लिएर नेपाल वायुसेवा नियमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन नगर्ने भएको छ ।

संसदको सार्वजनिक लेखा समितिले कंसाकारसँगै पर्यटन सचिव कृष्ण देवकोटालाई निलम्बन गर्न निर्देशन दिएको थियो । तर, यसबारे न्यायिक आयोग समेत गठन गरेकाले अहिले नै कुनै निर्णय नलिइने सरकार प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

सरकारले पूर्वन्यायाधीश गोविन्द पराजुलीको नेतृत्वमा आयोग गठन गरेको थियो, जसलाई ४५ दिन म्याद दिइएको छ । विपक्षी दलका नेताले समेत माग गरेर आयोग बनाएको भन्दै बास्कोटाले यसलाई ढाकछोपको प्रयासका रुपमा नबुझ्न आग्रह गरे ।

‘उपसमितिबाट केही कुरा आयो, मूल समितिको अर्को आयो’ उनले भने, ‘हतारमा निर्णय गर्नुभन्दा आयोगको निष्कर्ष आएपछि यो विषयले अन्तिम किनारा पाउँछ ।’

यो पनि पढ्नुहोस गोविन्द पराजुलीको अध्यक्षतामा वाइडबडी जाँचबुझ आयोग गठन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment