Comments Add Comment

सुस्त सरकार ! सांसदलाई छुट्टीपछि छुट्टी

२६ पुस, पोखरा । सरकारले विजनेश दिन नसक्दा गण्डकी प्रदेशका सांसदहरु फुर्सदिला भएका छन् ।

बजेट कार्यान्वयन गर्न र सरकारलाई गति दिन विधेयक निर्माण भइरहेको र हिउँदे अधिवेशन सुरु हुने बित्तिकै धमाधम पेश हुने सरकारको दाबी थियो । १७ मंसिर मा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले भनेका थिए, ‘२० वटा विधेयक बनेपछि अधिवेशन आहृवान हुन्छ, संसदले बिजनेस पाउँछ ।’

पुस २३ मा अधिवेशन सुरु भयो । तर, अहिलेस्म्म नयाँ विधेयक दर्ता भएको छैन । अधिवेशनको पहिलो दिन दलका नेताले आˆनो भनाइ राखे र सांसद टेकबहादुर थापाको निधनमा शोक प्रस्ताव पारित गरेर सकियो । बिहीबार अघिल्लो अधिवेशनमै टेबल भएको प्रतिवेदन पेश गरेर १२ दिनका लागि स्थगित भएको छ ।

सरकारले विजनेश नदिएकोमा सत्तारुढ सांसदहरु नै सन्तुष्ट छैनन् । एक सांसदले भने, ‘सरकारले संसदलाई बिजनेस दिन सकेन, हाम्रा मन्त्रीहरु के गर्दैहुनुहुन्छ भनेर मैले दलको बैठकमा कुरा उठाएको थिएँ । आज बिजनेश नपाएर बैठक स्थगित भयो ।’

बिहीबार प्रदेशसभामा सहकारीसम्बन्धी विधेयक र वरपिपलसम्बन्धी विधेयकमाथि विधायन समितिले प्रतिवेदन पेश भयो । विधायन समितिका सभापति मोहन रेग्मी भन्छन्, ‘विधायन समितिका कारण संसदले बिजनेस नपाएको होइन । सरकारले नै प्रदेशसभा सचिवालयमा कुनै विधेयक दर्ता गराएको छैन ।’

१२ दिनका लागि प्रदेशसभा स्थगित भएपछि नवलपरासी र्फकँदै गरेका सत्तापक्षका सांसद रोशन गाहामगर भन्छन्, ‘४ महिनापछि संसद खुलेको छ तर बिजनेस नै छैन ।’ उनले अघि भने, ‘के गर्नु हजुर भन्न नहुने व्यथा साह्रो छ ।’

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा कानुन बनाउँदैछौं भनेको सरकारले के गरिरहेको छ भन्ने अचम्म लागेको बताए । ‘सरकारले धमाधम कानुन बनाउँछु भनेको त सुनेकै हो तर, संसदमा विधेयक नै आइपुगेको रहेनछ,’ थापाले भने, ‘अब माघ ८ गतेको बैठकसम्म पक्कै केही विधेयक आउलान् ।’

नयाँ शक्ति नेपालका सांसद हरिशरण आचार्यले सरकारले के गरिरहेको छ भनेर प्रश्न उब्जिएको बताए । ‘सरकार गठन भएको यतिका समय भइसक्यो बल्ल कार्यविधि बनाउँदैछ । बजेट कार्यान्वयनको अवस्था ठिटलाग्दो छ । संसदमा बिजनेस छैन,’ आचार्यले प्रश्न गरे, ‘सरकार सुतेको छ कि जागै छ ? जागै भए त बिधेयक बनाउँछु भनेको सरकारले संसदलाई बिजनेस दिन्थ्यो होला ।’

प्रतिपक्षी सांसदको प्रश्न छ, ‘मन्त्रीहरुको ध्यान स-साना कार्यक्रममा प्रमुख अतिथि बनेर जाने अनि माला लाउने र भाषण गर्नेतिर हो कि काम गर्नेतिर पनि छ ?’

सरकारका प्रवक्ता रामशरण बस्नेतले ८ वटा विधेयक संसदमा दर्ता गर्ने तयारी भइरहेको बताए । संसद सकिएलगत्तै नवलपरासीमा एक विद्यालयका स्वर्ण महोत्सवमा अथिति बनेर जाँदै गरेका बस्नेतले भने, ‘माघ ८ गतेसम्म संसदले बिजनेस पाउँछ । ७/८ वटा विधेयक सचिवालयमा दर्ता गराउने तयरी हुँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment