Comments Add Comment

समिक्षामाथि मेरो ‘सिन्डिकेट’ छैनः बसन्त, चर्चित गायिका बन्न चाहन्छुः समिक्षा

युटुबमा भाइरल हुनु अगावै गायिका समिक्षा अधिकारीले ‘नाई नभन्नु ल ५’ चलचित्रमा समावेश ‘कहाँ आउँछ र घुमेर’ बोलको गीत गाइसकेकी थिइन् । तर, उनलाई दर्शकले अहिले मात्र बढी नोटिस गरेका छन् । उनै भाइरल गायिका समिक्षा अधिकारीको आवाजमा समावेश ‘बनमा काँफल’ बोलको गीतको भिडियो आज सार्वजनिक गरिएको छ ।

काठमाण्डौमा आयोजित कार्यक्रममा चलचित्रका संगीतकार बसन्त सापकोटा, भिडियो निर्देशक सरोज वली, गायिका अधिकारी, उनका पिता र दिदीको उपस्थितीमा गीत सार्वजनिक गरिएको हो । दिनेश थपलियाको शब्द रहेको यो गीतले विदेश गएका आफ्ना बुबालाई नेपाल फर्कन एक छोरीले गरेको आग्रहलाई प्रस्तुत गरिएको छ ।

प्रभा आचार्य सह–निर्देशक रहेको भिडियोमा सुदिप बरालको छायांकन, अर्जुन पोखरेलको सम्पादन छ । भिडियोमा समिक्षा आफैले अभिनय गरेकी छिन् । उनको साथमा देशभक्त खनाल, बसन्त सापकोटा लगायतले पनि भिडियोमा अभिनय गरेका छन् ।

कार्यक्रममा बोल्दै समिक्षाले आफूले ‘कहाँ आउँछ र घुमेर’ बोलको गीत गाएपछि मिडियाले खासै नखोजेको र अहिले खोजिएको बताइन् । उनले, आफू भाइरल भन्दा पनि स्थायी गायिका बन्न चाहेको खुलाइन् । भिडियोमा अभिनय गर्दा आफूलाई लाज लागेको उनले सुनाइन् ।

के तपाइले समिक्षामाथि ‘सिन्डिकेट’ त लाद्न खोज्नुभएको होइन भन्ने प्रश्नमा संगीतकार सापकोटाले भने–‘मैले उनीमाथि सिन्डिकेट लाद्ने भन्ने त हुँदैन । राम्रो गीत आएको खण्डमा उनले अरुको गीत पनि गाउन सक्नेछिन् । तर, उनलाई म परिस्कृत भने गर्दै लैजानेछु ।’

कार्यक्रममा समिक्षाका पिता पनि उपस्थित थिए । कतारमा काम गर्दै आएका उनका पिता छोरीको गीत भाइरल भएपछि नेपाल आएका हुन् । उनले आफू फेरि कतार फर्किने वा नफर्किने भन्ने कुरा त कसैले पनि नदेखेको बताउँदै छोरीको सफलताले खुशी लागेको सुनाए । निर्देशक सरोज वलीले पोखरा जाने क्रममा बाटोमा भिडियोको कन्सेप्ट तयार पारेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment