Comments Add Comment

मानव सेवा आश्रम बनाउन सहयोग गर्ने मेयर शाक्यको बचन

२८ पुस, काठमाडौं । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले मानवसेवा आश्रमका लागि काठमाडौं उपत्यकाभित्र एउटा भवन बनाउन सहयोग गर्ने घोषणा गरेका छन् ।

शनिबार आश्रमले गरेको पत्रकार सम्मेलनमा मेयर शाक्यले भने, ‘आश्रमले जग्गा खोजोस् । भवन बनाउन काठमाडौं महानगरपालिकाले सहयोग गर्छ ।’

उनले अघि भने, ‘मैले आश्रम अवलोकन गरेको छु । त्यहाँको दृश्य देख्दा म धेरै प्रभावित भएँ । आश्रमका साना-साना भाइबहिनीहरुले त्यहाँ भएका विरामीहरु स्याहारेको देख्दा त म झनै प्रभावित भएँ । त्यति हाम्रो घर परिवारका सदस्यहरुले पनि आफ्नै मान्छे विरामी हुँदा स्याहारसुसार गर्दैनन् होला ।’

उनका अनुसार सामाखुशी र बुढानीलकण्ठमा सञ्चालित दुवै आश्रमको घरभाडा महानगरले तिर्दै आएको छ । मानव आश्रमको कामलाई प्रोत्साहन गर्न महानगरपालिकाले भरपुर सहयोग गर्ने मेयर शाक्यले प्रतिवद्धता जनाएका छन् ।
आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनले संस्था स्थापना भएको ६ वर्षमा देशका विभिन्न जिल्लामा १४ वटा मानव आश्रमहरु सञ्चालन गरिरहेको जनाए ।

उनले भने, ‘नगरपालिका र स्थानीय निकायहरुले हामीलाई विशेष सहयोग गर्नुपर्छ । अझैपनि एकल महिला र ज्येष्ठ नागकिहरुले आवश्यक प्रमाणपत्र र नागरिकता पाउनुभएको छैन् । यसको लागि राज्यले हामीलाई सहयोग गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment