Comments Add Comment

नेपाली अभिभावकहरुले गरे क्यानबेरा भ्रमण

सिड्नी । बिभिन्न उद्देश्य राखेर अस्ट्रेलिया आएका नेपाली अभिभावकहरूले क्यानबेरा भ्रमण गरेका छन् । यहाँको समाज, राजनीति, इतिहास, भूगोल र सँस्कृतिबारे जानकारी लिने उद्देश्यले यो भ्रमण आयोजना गरिएको हो ।

भ्रमणमा सिड्नीको रकडेल, कोग्रा, काल्टन, बेक्सली, अलवा, हर्सभिल, पेन्सहस्ट, बेभरलिहिल्स लगाएतका सवअर्बहरुका ४६ जना अभिभावकहरुको सहभागिता छ । अभिभावकहरुको क्यानबेरामा संसद भवन लगाएतका स्थानहरु भ्रमण गर्ने कार्यक्रम छ ।

यात्रामा नेपालका विभिन्न जिल्लाका अविभावक छन् । सामुहिक भ्रमणले सबैमा परिचय हुने र यात्रा थप स्मरणीय हुने अभिभावकहरुले बताएका छन् ।

यात्रामा सहजकर्ता पत्रकार ऋषि आचार्यले भने, ‘बिगत एक दशकदेखि सिड्नीमा अभिभावकहरुले सामुहिकरुपमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् । स्थानीय काउन्सिलहरुले पनि अस्ट्रेलिया भ्रमणमा हुने अविभावकहरुलाई यहाँको परिस्थितिबारे जानकारी दिन यस्ता कार्यक्रमहरुलाई प्रोत्साहन गरिरहेका छन् ।’

राजधानी आइपुगेका अभिभावकहरुलाई कार्यवाहक राजदूत दृपदा सापकोटाले संसद भवन अगाडि स्वागत गरिन् । उनले भनिन्, ‘मलाई यहाँ आफ्ना बा-आमा भेटेजस्तै भएको छ ।’

क्यानबेरामा अभिभावकहरुलाई स्वागत गरेका गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष राजन ढुंगेलले उपयुक्त समय मिलाएर सिड्नी र क्यानबेराका नेपाली अभिभावकहरुको संयुक्त भेटघाटको आयोजना गर्नु पर्ने प्रस्ताव राखे ।

अभिभावकहरुले क्यानबेराको संसद, राजदूतावासहरु भएको इलाका, बिभिन्न सरकारी भवनहरु, युद्ध संग्रहालय, मानव निर्मित ताल र आन्सिली पहाडको अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment