Comments Add Comment

बुद्धको ३ वटा मुर्तिसहित एक पक्राउ

२९ पुस, काठमाडौं । प्रहरीले पुरातात्विक महत्वको ३ वटा बुद्धको मुर्तिसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले सिन्धुलीको मरिन–६ घर भइ हाल सामाखुशी बस्दै आएका ३९ वर्षीय दिलबहादुर ल्योलाई पक्राउ गरेको हो ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार स्वयम्भु, सीतापाइला र भगवानपाउ क्षेत्रमा मुर्तिको अवैध बेचविखन र कारोबार हुँदै गरेको सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको बताए ।

बोगटीका अनुसार उनले झोलामा लुकाएर मुर्ती ल्याएका थिए । उनले कहाँबाट त्यो मुर्ति ल्याएका हुन् भन्ने खुलाइएको छैन । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment